१० वर्षे युद्धले समेत नहल्लिएको ‘पर्यटन’ कोरोनाले दुई महिनामै सुक्यो

काठमाडौं, १ चैत । नेपालमा सन् १९५० को दशकबाट व्यवसायिक पर्यटनको शुरुवात भएको मानिन्छ । सन् १९५३ मा सर्वप्रथम सगरमाथा चुचुरोमा मानव पाइला पुगेपछि देशमा व्यवसायिक पर्यटनको प्रारम्भ भयो ।

पुराना पर्यटन व्यवसायीको भनाई मान्ने हो भने त्यसपछि नेपाली पर्यटन क्षेत्रले पछाडी फर्केर हेर्नु परेको छैन । सन् १९६६ पछि नेपालमा पाँचतारे होटेल खुले ।

त्यसपछि साना ठूला होटेल खुल्दै पर्यटन अझ परिस्किृत भयो । १० वर्षे माओवादी द्धन्द्धका क्रममा एक जना पनि पर्यटकमाथि दूर्घटना भएन ।

ठूला होटेलबाहेक त्यस अवधिमा पर्यटकलाई हानी हुने गरि गतिविधि भएका थिएनन् । त्यसकारण फाट्टफुट्ट पर्यटक आइरहेका थिए ।

पर्यटनमा लागेका व्यवसायीले हात धुनु पर्ने अवस्था आएको थिएन । त्यसपछि २०७२३ सालमा नेपाललले ठूलो भूकम्पको सामना ग¥यो ।

भूकम्पका कारण पर्यटक आगमन केही घटेपनि ठप्प भएन । उल्टो त्यसको दुई वर्षपछि दोब्बर संख्यामा पर्यटक आए । तर, ३१ डिसेम्बर २०१९ बाट चीनको बुहान शहरमा देखापरेको कोरोना भाइरसले पछिल्लो दुई महिनामा यति दीगो असर ग¥यो की अब त्यसबाट पार पाउन निकै समय लाग्ने व्यवसायीहरुको गुनासो छ ।

अन्तर्राष्ट्रिय एयरलाइन्सहरुको व्यापार करीव ठप्प छ । नेपाल वायुसेवा निगमले धेरै गन्तब्यको उडान कटौती गरिसकेको छ । हिमालय एयरको हालत पनि उही छ ।

आन्तरिक उडानका अक्कुपेन्सी ५० प्रतिशत कम भइसकेको वायुसेवा संचालक संघका अध्यक्ष रामेश्वर थापा बताउँछन् ।

संघले कम्पनीहरुको उद्दार गर्न उद्योग मन्त्रालयमा इन्धनको भाडा घटाउने प्रस्ताव समेत गरिसकेको छ । ट्रेकिङ एजेन्सीज एशोसिशन अफ नेपाल (टान)का अनुसार यस सिजनको पदयात्रा करीव शून्यमा झरेको छ ।

होटेलको अक्कुपेन्सी १० प्रतिशतसमेत छैन । कोरोनाको डरले बाह्य मात्र नभएर आन्तरिक पर्यटक समेत घुमघाममा निस्कन छाडेका छन् ।

शहर बजारबाट फूर्सदमा रहेका व्यक्ति गाउँ फर्कन थालेका छन् । जसले गर्दा पर्यटकलाई दुई महिनामै कोरोनाले करीव सुख्खा बनाएको व्यवसायीको गुनासो छ ।

अब सरकारले व्यवसायी, कर्मचारी र पर्यटन बचाउन कस्तो प्याकेज ल्याउँछ, धेरैको ध्यान यसतर्फ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here