कोरोना बीमालेख: ३० हजार पोलिसी बिक्री, कुन इन्स्योरेन्सले कति गरे ?

काठमाडौं, २२ बैशाख । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले शुरु गरेका कोरोना भाइसर (कोभिड १९) बीमालेख बिक्री प्रभावकारी देखिएको छ ।

विश्वमा बढ्दो कोरोना भाइरसको संक्रमणसँगै कोरोना बीमालेख प्रति मानिसको आर्कषण देखिएको हो ।

बीमा समितिका अनुसार शनिबारसम्ममा २५ हजार ३७७ ओटा बीमा पोलीसि जारी भएको छ । त्यसबाट १ करोड ३५ लाख १७ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

शुरु भएको दुई साताको अवधिमा झण्डै ३० हजार बीमा पोलिसी बिक्री भएको छ ।

कोरोना बीमामा पनि सबैभन्दा बढी पोलिसी शिखर इन्स्योरेन्सले बिक्री गरेको छ ।

शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट जिल्लामा बिमा गरेका छन् ।

हिमालयनले र सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा पोसिली बिक्री गरी यस क्षेत्रमा क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीले भने अहिलेसम्म एउटा पनि यस्तो बीमा पोलिसी बिक्री गरेको छैन ।

बीमा समितिले कोरोनाको बढ्दो जोखिमलाई मध्येनजर गर्दै यो पोलिसी ल्याएको थियो ।

समितिले कोरोना पाजेटिभ देखिन साथ भुक्तानी गर्ने गरी २ किसिमका पोलिसी ल्याएको छ । जसमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख छ।

समितिले जारी गरेको कोरोना भाईरस रोग बिमालेख ३ महिनाको बच्चादेखि ९९ बर्षको जेष्ठ नागरिकसम्मले खरिद गर्न सक्नेछन् ।

बिमित व्यक्ति कोरोना भाईरसबाट संक्रमित भई त्यसको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा सार्वजनिक निकायले निर्धारण गरे अनुसारका पिसिआर परीक्षणबाट कोरोना भाईरस संक्रमित भएको पुष्टी हुनुपर्नेछ ।

उक्त बीमा अन्तर्गत ‘क’ र ‘ख’ बीमाङ्क कायम गरिएको छ । एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको दुई बीमालेख तयार जारी गरेका हुन् ।

बिमितहरुले ५० हजार र १ लाख रुपैयाँसम्मको बिमालेख खरिद गर्न सक्नेछन् ।

१ लाख रुपैयाँसम्मको बिमालेख अन्र्तगत कम्पनीहरुले बिमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रति व्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ ।

त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकम बराबरको बिमा गर्दा प्रति व्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । तर, बिमा भएको १५ दिन पछि मात्रै दाबी गर्न सकिनेछ ।

शनिवारसम्ममा २५ हजार ३७७ वटा बीमा पोलीसि जारी भएको छ । त्यसबाट १ करोड ३५ लाख १७ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

आइतबारसम्म ३० हजार भन्दा बढी बीमा पोलिसी बिक्री भएको अनुमान छ भने १ करोेड ५० लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ ।

कसरी पाइन्छ भुक्तानी ?

बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।

यसरी बीमा पोलेसी किनेका मानिसको कोरोना भाइरस संक्रमण पुष्टी भएको खण्डमा बीमा कम्पनीले १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने छ ।

त्यसको लागि कुनै किसिमको भौचर वा बिलको आवश्यकता पर्ने छैन । बीमितको कोरोना पोजेटिभ भएको प्रमाणित भएको कागज भए दाबी भुक्तानी हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here