२६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच, ग्रामीण क्षेत्रमा ज्यादै न्यून

काठमाडौं, १३ जेठ । नेपालमा बीमाको पहुँच २६ प्रतिशत पुगेको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै बीमाको पहुँच २६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको जानकारी दिए ।

फागुनसम्म २२ प्रतिशत जनसंख्यासम्म मात्र पुगेको बीमाको दायरा दुई महिना अन्तरमा ४ प्रतिशत बढेको हो । ।

यो संख्या विदेशमा जाने कामदार सहितको हो । विदेश जानेले अनिवार्य बीमा गर्नुपर्ने प्रावधान छ ।

बिमा समितिले बीमा कम्पनीको संरचनागत सुधार, जनचेतनाका कार्यक्रममा आएको बढोत्तरी र दाबी भुक्तानी चुस्त दुरुस्त पारेका कारण बीमा गर्नेको संख्या बढेको विज्ञहरुको दाबी छ ।

नेपालमा बिमाको इतिहास हेर्ने हो भने करिब सात दशकअघि नेपाल बैंक लिमिटेडले आन्तरिक सम्पत्ति सुरक्षण गर्ने उद्देश्यले माल चलानी तथा बिमा अड्डाको नाममा निजी क्षेत्रको सहभागितामा २००४ सालमा पहिलोपटक बीमा कम्पनी स्थापना गरेको थियो । यति लामो समय बितिसक्दा पनि निकै कम जनताको पहुँचमा मात्रै बीमा विस्तार भएको छ ।

निजी लगानीमा स्थापित बीमा कम्पनी पहुँच विस्तार गर्ने काममा लागेका छन् । तर, बीमा समितिले खुद बिमा रकमको थोरै प्रतिशतमात्र जनचेतनामूलक विज्ञापन, अतिथि सत्कार, मनोरञ्जन लगायत क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था गरेपछि बीमा क्षेत्रको विस्तार हुन नसकेको बीमा कम्पनीको गुनासो छ ।

विकसित देशमा सानै उमेरमा बिमा गरिन्छ । नेपालमा बीमा बाध्यात्मक नहुँदा बीमा गर्नेको संख्या कम भएको हो ।

सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान ल्याएपछि बीमा गर्नेको संख्या बढेको बिमक संघको भनाइ छ ।

‘वैदेशिक रोजगारीमा जाने व्यक्तिको अनिवार्य बीमालाई गणना नगर्ने हो भने ज्यादै न्यून प्रतिशत नेपालीले मात्र बीमा गर्ने गरेको पाइन्छ ।’

ग्रामीण क्षेत्रमा बीमा गर्ने ज्यादै कम छन् । ग्रामीण क्षेत्रमा जीवन बीमा गराउने कम्पनी पुग्न सकेका छैनन् ।

भौगोलिक अवस्थाले पनि बीमाको पहुँच बढाउन बाधा पुगेको बीमकको भनाइ छ । निजी क्षेत्रबाट स्थापना भएका जीवन बीमा कम्पनीले बीमा गराउन थालेपछि संख्या बढेको छ । निजी लगानीका बीमा कम्पनीको प्रवेशसँगै बीमा क्षेत्रले फड्को मारे पनि योजनाबद्ध रुपमा काम हुन सकेको छैन ।

कुल जनसंख्याको आधाभन्दा बढीले नियमित आम्दानी गर्ने अवसर प्राप्त नगरेका कारण मुलुकको ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तार हुन नसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here