पुरानै मोडलमा पुनः सुरु भयो कोरोना बीमा, चैतसम्म मात्रै जोखिम वहन हुने

काठमाडौं, २३ जेठ । बैशाख ७ गते देखि सुरु भएको कोरोना बीमा पोलिसी रोकिएको एकदिन पछि पुन: सुचारु भएको छ ।

नेपालमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बिहिबार बन्द भएको बीमा शुक्रबारबाट सुरु भएको हो ।

समितिले पुनः कोरोना बीमा सूचारु गर्न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफलले बीमा गर्ने कार्य स्थगित गरेको थियो ।

दावी भुक्तानीमा सरकारले दायित्व वहन गर्ने गर्ने बताएपछि सुचारु भएको स्रोतले बताएको छ । आगामी आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रम नै बन्दै भएपछि सरकारलाई थप दबाव परेको थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कोरोना बीमालाई प्राथमिकता दिएको थियो । बजेट मार्फत सामूहिक बीमा गर्नेलाई बीमाशुल्कमा ५० प्रतिशत अनुदान र सम्पूर्ण सरकारी कर्मचारीहरुलाई सरकारले निशुल्क कोरोना बीमा गर्ने घोषण भएको थियो ।

अब जारी हुने बीमालेख आगामी चैत मसान्तसम्मको लागि मात्रै जोखिम बहन गर्नेगरी बिक्री गराउन समितिले भनेको छ। अर्थात कोरोना बीमा गर्नेको जोखिम बहन चैत मसान्तसम्म मात्रै हुनेछ।

कोरोना बीमा एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङ्कको दुई बीमालेख छन् । एक लाख बीमाङ्कका लागि व्यक्तिगत रुपमा बीमा गर्दा प्रति व्यक्ति एक हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत गर्ने गरी बीमा समावेश भएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमाशुल्क कायम गरिएको छ ।

यस्तै, ५० हजार रुपैयाँ कुल बीमाङ्क रकमको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क निर्धारण गरिएको छ ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ । दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजेटीभ हुन साथ दाबीमा गर्न सकिने व्यवस्था थियो ।

यसबीचमा विदेशबाट आउनेहरुमा कोरोना संक्रमण बढेपछि समितिले बिदेशबाट आउनेहरुका लागि १५ दिन क्वारेन्टाइन र १५ दिन घरमा बसिसकेपछि मात्रै कोरोना बीमा गर्न सकिने व्यवस्था गरेको थियो ।

बीमा समितिले पर्याप्त अनुसन्धान तथा जोखिम विश्लेषण नगरी अघि बढाएका कारण कोरोना बीमा बन्द भएको विज्ञहरुको भनाई छ । मंगलबारसम्म २ लाख ९६ हजार ६ सय १६ जनाले कोरोना बिमा गरेका छन् । उक्त बिमामा १६ करोड २२ लाख ३७ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

सो अवधिमा २५ हजार ४ सय ५० वटा बिमालेख विक्री भएको बिमा समितिले जनाएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बीमालेख विक्री गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here