बुक बिल्डिङ प्रणाली लागू भएपछि आईपीओ सय रुपैयाँमा नपाइने (मस्यौदा सहित)

काठमाडौं, ८ असार । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासनमा बुक बिल्डिङ प्रणाली लागू गर्ने अन्तिम तयारी गरेको छ ।

बुक बिल्डिङ प्रणालीको लागि तयार पारेर सार्वजनिक गरेको निर्देशिकाको मस्यौदा कार्यान्वयनमा आएपछि सार्वजनिक निष्कासनमा आइपीओ १०० रुपैयाँमा पाइने छैन ।

निष्कासनमा संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियाबाट सेयर बोलकबोल प्रक्रियाबाट भर्नेछन् ।

संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियाबाट सेयर भरेपछि त्यसको आधारमा कटअप मूल्य निकालिने छ ।

जति मूल्यमा कटअप प्राइस निस्केको हुन्छ त्यही मूल्यमा सम्बन्धित कम्पनीले सर्वसाधरणलाई आइपीओ जारी गर्छन् ।

कटअप मूल्य निकालेपछि त्योभन्दा बढी मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्ताले सबै सेयर पाउँछन् त्यसपछि कटअप मूल्यमा भरेकाले सेयर पाउँछन् भने त्यो भन्दा कम मूल्यमा भरेका लगानीकर्ताले समानुपातिक तरिकाले सेयर पाउँनेछन् ।

आइपीओ जारी गर्न बुक बिल्डिङको लागि सबैभन्दा पहिला संगठित संस्थाको विवरण तयार पार्नुपर्छ । यसको लागि संगठित संस्थासँग छलफल तथा सार्वजनिक सूचना जारी गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।


के हो बुक बिल्डिङ ?

अख्तियार प्राप्त संस्थाहरुले आईपीओ ल्याउने कम्पनीको सेयरमा कतिसम्म मूल्य कबुल्ने भनी बिशेषज्ञबाट अध्ययन गराई निर्णय गर्छन र प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनीहरुले जुन माथिल्लो बिन्दुमा मूल्य कबुल्छन्, त्यही मूल्यमा आईपीओको मूल्य निधारण हुन्छ ।

बुक विल्डिङ सार्वजनिक निष्काशन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो जसमा सार्वजनिक निष्काशनमा आवेदन दिन आग्रह नगरी वित्तीय संस्थाहरु, कर्पोरेसन वा उच्च नेटवर्थ भएका व्यक्तिहरु मार्फत आवेदन स्विकार गरिन्छ ।

बुक बिल्डिङबाट आईपीओ निष्काशन गर्न कम्पनी लगातार तीन आ.व.देखि नाफामा सञ्चालन भएको, साधारणसभाले सो विधिबाट आईपीओ निष्काशन गर्न अनुमति पाएको, प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पुँजीको कम्तिमा १५० प्रतिशत रहेको र औसत वा औसत भन्दा माथि रेटिङ पाएको हुनुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here