चार वर्षमा २३ प्रतिशत विद्युतको पहुँच वृद्धि, टुकी बत्ती युगको अन्त्य हुँदै

काठमाडौं, ३० साउन । देशका ९० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।

राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने घरपरिवार संख्या भने ८६.४४ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

अन्यले भने सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा उपलब्ध गराउँदै आएको सौर्य, लघु जलविद्युत् लगायतमार्फत विद्युतको प्रयोग गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७२/०७३ मा ६२ दशमलव १६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो ।

चार वर्षभित्र २३.२८ प्रतिशतले बिजुलीको पहुँचमा वृद्धि भइ ८६.४४ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत २०७९ भित्रमा सबै नेपालीको घरघरमा विद्युतको पहुँच पुर्‍याउने उद्देश्यसहित केन्द्रीय प्रसारण लाइन नपुगेका जिल्लामा मिनीग्रिड विशेष कार्यक्रम मार्फत विद्युत पुर्‍याउने लक्ष्य राखेको छ।

ग्रिड पुर्‍याउन सम्भव नहुने ठाउँहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा देशका विभिन्न ठाउँमा सौर्य तथा वायु मिनीग्रिड आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन्।

राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा धेरै प्रदेश २ मा ९९ दशमलव ०२ प्रतिशत घरपरिवारमा र सबैभन्दा कम कर्णाली प्रदेशमा ३४ दशमलव ७४ प्रतिशत बिजुलीको पहुँच पुगेको छ ।

सम्बन्धित समाचारः

मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक

त्रिशुली रिभर बेसिनमै ३६ जलविद्युत आयोजना, विश्वकै दुर्लभ स्वर्ण महाशिर माछा संकटमा

नेप्सेमा सूचीकृत ५० प्रतिशत जलविद्युत् कम्पनीको सेयर मूल्य आइपीओभन्दा सस्तो

विद्युतीय माध्यमबाटै कर तिर्न सकिने, बैंकमार्फत आय विवरण बुझाउने सुविधा

सोलार आयोजनाबाट १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपियो

‘सबैलाई विद्युत् महसुल छुट दिएका हौं, भाडामा बस्नेले पनि पाउँछन्’

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here