उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गरिने, मन्त्रीले दिए पर्यटन बोर्डलाई निर्देशन

काठमाडौं भदौ १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी ५ लाख पर्यटक बस्न मिल्ने गरी पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा उनले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पर्यटन पूर्वाधार पदमार्ग, साईक्लिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

उहाँले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिएको मन्त्रालयले बताएको छ ।

पर्यटन बोर्डले सातवटा भाषा नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगाली र स्पेनिस भाषामा डिजिटल सामग्री तयार गर्ने जिम्मेवारी पनि पाएको छ ।

मन्त्री भट्टराईले विदेश तथा स्वदेशमा हुने भ्रमण जस्ता अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिए ।

पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गदै विश्व सम्पदा, हिमाल,टेकिङ सिमसार,म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामाग्री तयार गर्न पनि उनले भनेका छन् ।

अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिर्पोट तथा पर्यटकीय क्षेत्रका वृत्तचित्रलगायत सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्न आग्रह पनि उनले आग्रह गरेका छन् ।

कोभिडका कारण पर्यटन ब्यवसायी, पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा शुरु गर्न पनि पर्यटन बोर्डलाई भनिएको छ ।

विभिन्न देशका रहेका पर्यटन डेक्सलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका संघ संस्थाहरुसग नेटवर्क विस्तार गर्न र कोभिड १९ ले सवै भन्दा बढी असर पर्यटन क्षेत्रमा परेकाले महामारीपछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन पनि भट्टराइले आग्रह गरेका छन् ।

छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धन्नजय रेग्मीले आर्थिक बर्ष २०७६।७७ को प्रगति र २०७७।०७८ का कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धितः

महामारीकाबीच पर्यटन मन्त्रालयको प्रगति सकारात्मक

पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङाः पर्यटन मन्त्री

छ महिनामाको अवधिमा विश्व पर्यटन क्षेत्रमा तीन खर्ब २० अर्ब घाटा

पर्यटन तथा हवाइ क्षेत्रमा प्रतिमहिना १० अर्बको क्षति, ४१ अर्ब नोक्सानी हुने अनुमान

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here