जहाज दूर्घटना भयो, जल्यो, तर पाइलट सकुसल

सामान्यतया जहाज दूर्घटना भयो भने त्यहा भित्र रहेका पाइलट या यात्रु, सकुसल रहने सम्भावना निकै हुन्छ ।
अझ दूर्घटनापछि आगो नै लाग्यो भने त त्यहाबाट बच्नु असम्भव नै विषय हो । तर, केही दिन अघि अमेरिकामा जहाज दूर्घटना भई आगोले जलिरहँदा पनि पाइलट पूर्णतया सकुसल रहे ।

उनलाई न कतै चोट लाग्यो, न कुनै समस्या नै आयो । जहाज दूर्घटना पछि पनि उनी सरासर हिड्न थाले । यो कसरी सम्भव भयो ?

१६ मे २०१९ दिउसो साढे ३ बजे, अमेरिकाको क्यालिफोर्नियामा मार्च रिजर्व वेश रुटीन ट्रेनिङका दौरान फाइटर जहाजहरुले तिब्र गतिमा उडान भरिरहका थिए ।

ती जहाज एफ १६ मोडलका हुन् । यस्ता जहाज यति तिब्र गतिमा उड्छन् कि केही सेकेण्डमै निकै टाढा पुग्छन् ।

यसै क्रममा एक फाइटर जहाज उडेको केही समयमै त्यसमा प्राविधिक खराबी आएको पाइलटलाई थाहा हुन्छ ।
उनले जहाजलाई तुरुन्तै एयरवेश तर्फ मोडे । जब जहाज एयरवेशको नजिकै आइपुग्यो, त्यतिन्जेल जहाजले आफ्नो सन्तुलन गुमाइसकेको थियो ।

जहाज पाइलटको काबुभन्दा निकै पर गइसकेको देखिन्थ्यो । त्यसपछि जहाज एयरवेश नजिकै रहेको गोदाममा दूर्घटना भयो । जहाजमा आगो लाग्यो र जहाज चकनापुर भयो ।

भाग्यवश त्यस समय गोदाममा कोही पनि मजदुर काम गरिरहेका थिएनन् । तर, आसपासका क्षेत्रमा काम गरिरहेका केही मजदुर भने घाइते भए । उनीहरुलाई तत्काल अस्पताल लगियो । तर, पाइलट भने बाच्न सफल भए ।

फाइटर विमानमा पाइलटका लागि एक सुविधा हुन्छ । यदि जहाज असन्तुलित भयो र दूर्घटनाको अवस्था आयो भने पाइलट जहाजलाई आकासमै छाडेर बाहिर निस्कन सक्छन् ।

पाइलट जुन सिटमा बस्छन्, त्यो सिट एक प्रयासमै जहाजबाट बाहिर निस्कन्छ । त्यसमा प्यारासूट जडान गरिएको हुन्छ । प्यारासुट खुलिसकेपछि पाइलट आरामले जमिनमा अवतरण गर्न सक्छन् ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here