अत्यधिक बेसार सेवनले हुनसक्छ मृगौलाको पत्थरी

काठमाडौं । भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भए पनि यसको अत्यधिक सेवनले शरीरमा प्रतिकुल असर पार्नसक्छ ।

बेसारमा एन्टी–अक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरू हुन्छन् । यी गुणहरूले शरीरलाई रोगबाट बचाउन मद्दत गर्छ । उचित मात्रामा बेसारको सेवनले धेरै फाइदाहरू पाइन सकिन्छ । तर, आफ्नो शरीरअनुसार कति बेसार खानु हुन्छ भन्ने विषय थाहा पाउनु आवश्यक हुन्छ । विज्ञहरूका अनुसार दैनिक एक चम्चा बेसारको सेवन हानिकारक नहुन सक्छ ।

बेसारको धेरै सेवनले कलेजोमा समस्या पार्ने तथा एलर्जीदेखि क्यान्सरसम्मको जोखिम रहने हुन्छ । अर्कोतर्फ, बेसारको धेरै सेवन गर्नाले पेट पोल्ने, दुख्नेलगायत पेटसँग सम्बन्धित समस्या निम्त्याउन सक्छ । बेसारमा पाइने करक्युमिनले पाचनसम्बन्धी समस्या पैदा गर्छ । जस कारण झाडापखाला वा बान्ताको समस्या पनि सुरु हुन्छ । तर, यो समस्या अत्यधिक बेसारको सेवन गर्दा मात्र हुन्छ । साथै, यस कारण चक्करसमेत आउन सक्छ ।

आवश्यकताभन्दा धेरै बेसारको सेवनले मृगौलामा पत्थरी निम्त्याउँछ । बेसारमा हुने ओक्सलेटले शरीरमा भएको क्याल्सियम धुल्ने प्रक्रियामा बाधा पुर्‍याउँछन् । जसका कारण क्याल्सियम अघुलनशील हुन थाल्छ । जुन मृगौलामा पत्थरी हुने एक महत्वपूर्ण कारण हो । बेसार छालाको स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

तर, अत्यधिक मात्रामा बेसारको सेवनले विपरित नतिजा दिनसक्छ । अत्यधिक बेसारको सेवनले छालामा दागहरू निम्त्याउन सक्छ । बेसारका कारण हुने एलर्जी शरीरभित्र मात्र नभई छालाको सतहमा पनि देखापर्न सक्छ । अत्यधिक बेसारको सेवनले सास फेर्न गाह्रो हुने समस्या पनि निम्त्याउँछ । शरीरमा प्रत्येक खनिज पदार्थको आफ्नै कार्य हुन्छ । यी मध्ये आइरन एक महत्त्वपूर्ण खानिज हो ।

शरीरमा आइरनको अभावले धेरै समस्याहरू निम्त्याउँछ । अत्यधिक बेसारको सेवनले शरीरमा आइरनलाई अवशोषण हुनबाट रोक्न सक्छ । शरीरमा आइरनको कमी भएकाले निर्धारित मात्रामा मात्र बेसारको सेवन गर्नुपर्छ । रगत जम्न नदिने औषधि सेवन गर्नेहरूले धेरै बेसार खाँदा रक्तस्राव हुनसक्ने सम्भावना हुन्छ । त्यसैले कुनै पनि औषधि खाइरहेका व्यक्तिले चिकित्सकको सल्लाहविना थप बेसार खान नहुने विज्ञहरूको भनाइ छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here