काठमाडौंको प्रदूषण विकराल अवस्थामा, तत्काल यी काम गरौं !

फाइलफोटो

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद्

काठमाडौं । नेपालको राजधानी शहर काठमाडौंले सोमबार वायु प्रदूषणमा विश्वकै नम्बर एक शहरको रेकर्ड बनायो। वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो ।

एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्सको तथ्याक अनुसार काठमाडौंको एक्यूआई २४३ रहेको थियो । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

देशव्यापी रूपमा जंगलमा डढेलो लागे पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन। वन तथा भूसंरक्षण विभागको अनलाइन फायर एलर्टका अनुसार सोमबार साँझ देशका ६० जिल्लाका ५ सय ३० स्थानमा डढेलो लागेको छ।

नेपालका ६० जिल्लामा लागेको डढेलो र अन्य कारणले राजधानी काठमाडौंमा मात्र होइन, कर्णालीको मुगुमा समेत प्रदूषण उच्च तहमा पुगेको छ।

पछिल्ला दिनमा अकस्मात बढेको प्रदूषणले आँखा पोल्ने, सास फेर्न कठिनाइ हुने, घाँटीमा खसखसलगायतका समस्याले राजधानीवासी आक्रान्त छन्। प्रदूषणका कारण सरकारले गत साता ४ दिन विद्यालय तथा कलेजमा पठनपाठनसमेत बन्द गर्नुपरेको थियो।

आइतबारदेखि विद्यालय तथा कलेज खुलेका छन्। प्रदूषण खतरनाक मन्द विष हो।

हाम्रा बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदूषणले दिनप्रतिदिन अस्वस्थ बनाइरहेको छ। यसबाट जोगिन थोरै काम तत्काल गर्न सम्भव रहेको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सुझावहरु दिएका छन् ।

अहिलेको प्रदूषण हटाउन यी थोरै काम तत्काल गर्न सम्भव छ :

–जोर/बिजोर सवारीसाधन सञ्चालन

–वर्क फ्रम होम (घरबाटै काम)

–हप्तामा २ दिन बिदा

–महिनाको एकपटक ‘भेहिकल होली डे’को व्यवस्था

–अनलाइन प्रणालीको भरपुर उपयोग

–पोलिथिन प्रयोगमा निषेध

–फोहोरलगायत अन्य वस्तु जलाउन निषेध

–आगालागी गर्नेलाई कडा कारबाही

–ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारीसाधानको सडकमै प्रदूषण जाँच। अनि प्रदूषणमा फेल भएका सवारीसाधनलाई जरिवाना

–इँट्टाभट्टालगायत प्रदूषण बढाउने कारखाना स्थानान्तरण (बस्तीबाट टाढा सार्ने)

–अभियानका रूपमा सरसफाइ र वृक्षरोपण।

यो खालको प्रदूषणले–

–मुटु र फोक्सोलाई बिरामी बनाउँछ

–मुटु र फोक्सोलाई धपेडी गराउँछ

–श्वासप्रश्वास प्रणालीका कोष नष्ट गर्छ

–दम, ब्रोङ्काइटिस तथा क्यान्सर गराउँछ

–मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ

–फोक्सोको क्यान्सर हुन्छ

–फोक्सो ड्यामेज गराउँछ

–मानसिक समस्या निम्त्याउँछ

–गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ

–आयु घटाउँछ आदि।

सकभर घरभित्र बसौं, बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिटाइजरको प्रयोग गरौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here