व्यवसायमा सफल हुन चाहनुहुन्छ ? यी हुन् उद्यमीमा हुनैपर्ने ५ गुण

काठमाडौं । सफल उद्यमी ती मानिसलाई भनिन्छ जसले सानो व्यावसाय सुरु गरेर समयक्रममा त्यसलाई बढाउँदै ठूलो र सफल ब्रान्ड बनाउँछ ।

उद्यमी हुनु सजिलो छैन अझै सफल उद्यमी हुन त झनै चुनौतीपूर्ण छ । कुनै पनि जागिरे कर्मचारीले भन्दा उद्यमीले धेरै जोखिम बहन गर्छ ।

यस्तो जोखिममा वित्तीय जोखिम, करियरको जोखिम, भावनात्मक जोखिम र समग्रमा व्यापारको जोखिम आदी पर्छन् त्यसैले जोखिम बहन गर्ने आँट नभएका मानिसहरु उद्यमी बन्नै सक्दैनन् ।

असफलताबाट डराउने र हिम्मत हार्ने मानिस कहिल्यै पनि सफल हुँदैनन् । कुनै पनि उद्योग, व्यावसाय खडा गरेर त्यसलाई सफल बनाएर दिगो रुपमा चलाउन त्यति सजिलो छैन ।

सानो व्यावसायलाई बढाँउदै ठूलो र सफल व्यावसाय बनाउन धेरै गाह्रो हुन्छ । तर, यस्ता केही गुणहरु छन् जसले एक उद्यमीलाई सफल बनाउन धेरै सहयोग गर्छ ।

थाहा पाइराखौं उद्यमीमा हुनैपर्ने ५ गुण:

१. प्रभावकारी सञ्चार

सबै उद्यमीहरु प्रभावकारी रुपमा सञ्चार गर्नसक्ने हुनुपर्छ । चाहे त्यो मानिस एक्लैले सानो व्यावसाय चलाओस वा ठूलो बहुराष्ट्रिय कम्पनीको प्रमुख कार्यकारी होस्, उसलाई कसरी प्रभावकारी रुपमा सञ्चार गर्ने भन्ने ज्ञान हुन आवश्यक छ ।

उद्यमीले आफ्ना कर्मचारी, लगानीकर्ता, ग्राहक, साथीहरु सबैसँग राम्रो र प्रभावकारी ढंगले कुरा राख्न सक्नुपर्छ । यदि कुनै उद्यमीले आफ्नो कम्पनीको मुल्य र मान्यताबारे अरुलाई बुझाउन सकेन भने उसको कम्पनी सफल हुन सक्दैन ।

उसले सञ्चारको सबै माध्यमहरुको राम्रोसँग उपयोग गर्न सक्नुपर्छ । एक एक व्यक्तिसँग मात्रै होइन ठूलो समूहसँग एकैचोटी सञ्चार गर्न सक्ने, लिखित रुपमा सञ्चार गर्ने र अनलाइन माध्यमले सञ्चार गर्ने जस्ता सबै माध्यममा पोख्त हुनुपर्छ ।

२. बिक्रेता

सञ्चारसँगै एउटा उद्यमीलाई सफल बनाउनको लागि नभइनहुने अर्को सीप हो, आफ्नो उत्पादन तथा सेवा बिक्रि गर्न सक्ने क्षमता । उद्यमीको रुपमा मानिसलाई सबै कुरा बेच्न सक्ने हुनुपर्छ ।

एक उद्यमीले आफ्नो व्यापारको आइडिया सम्भावित लगानीकर्ताहरुलाई बेच्न सक्नुपर्छ । उत्पादन र सेवाहरु सम्भावित ग्राहकलाई बेच्न सक्नुपर्छ ।

यदि कुनै उद्यमीले राम्रोसँग सञ्चार गर्न सक्छ र आफ्नो कुरा अरुलाई बुझाउन सक्छ भने मात्रै उसले आफ्नो व्यापार बढाउन सक्छ । उसले यो सीपबाट नै आफ्नो सोच र सेवा अरुलाई बिक्रि गर्न र सफलता चुम्न सक्छ ।

३. व्यावसायमा मात्रै ध्यान केन्द्रित गर्ने

सफल उद्यमीको जीवनमा पनि आरोह अवरोह आइपर्छन् । कहिले परिस्थिती सजिलो हुन्छ भने कहिले अप्ठेरो हुन्छ ।
हरेक उद्यमीले सामना गर्नुपर्ने एउटा चुनौती हो भावनात्मक अस्थिरता । सफल उद्यमी बन्नको लागि आफूलाई अप्ठेरो समयमा पनि नआत्तिकन धैर्यतापूर्वक आफ्नो लक्ष्यमा अगाडि बढ्नुपर्छ ।

जस्तो सुकै परिस्थितीसँग जुध्न परे पनि उद्यमीमा आफ्नो उद्योग व्यावसायलाई अगाडि बढाउने चाहना र सोच हुनुपर्छ यसले मात्रै उनीहरु आफ्नो व्यावसायलाई सफल बनाउन सक्छन् । आफ्नो लक्ष्यमा एकचित्त भएर लागेमात्रै सफलता प्राप्त गर्न सकिन्छ ।

४. सिक्ने क्षमता

हरेक मानिसको जीवनमा नभईनहुने एक गुण हो, सिक्ने क्षमता । व्यावसायमा मात्रै होइन अरु कुनै पनि क्षेत्रमा मानिसलाई यो गुणको आवश्यकता पर्छ ।

यदि कोही मानिसले व्यावसाय बढाउन चाहन्छ भने त झनै उसलाई यो गुणको आवश्यकता पर्छ ।
कुनै पनि उद्यमीमा सिक्ने क्षमता र चाहना उच्च हुनुपर्छ अनिमात्रै उनीहरुले केही गर्न सक्छन् । व्यावसायमा आरोह अवरोहहरु आइराख्छन् ।

यदि कुनै व्यक्ति जस्तो सुकै परिस्थितीमा नयाँ नयाँ कुरा सिक्न सक्ने हुन्छ भने उ पक्कै पनि सफल व्यावसायी बन्न सक्छ । असफलता बाट पाठ सिक्दै अगाडि बढ्नको लागि उसले आफ्नो ज्ञान र सीपको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्छ ।

५. व्यापार रणनीति

कुनै पनि व्यावसाय सफल हुनको लागि लागि एउटा प्रष्ट व्यापार रणनीति चाहिन्छ । सफल व्यावसायी रातारात त्यत्तिकै बनिँदैन त्यसको मेहनत धैर्यता र व्यापार विस्तारको रणनीति चाहिन्छ ।

प्रभावकारी सञ्चार, बिक्रि गर्ने क्षमता, गहिरो ध्यान र सिक्ने उच्च क्षमता भएको उद्यमीले मात्रै व्यापारको सही रणनीति बनाएर त्यसलाई लागु गर्न सक्छ । व्यापार बढाउनको लागि आक्रामक रणनीति बनाएर अगाडी बढ्न सक्नुपर्छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here