पाचन प्रणालीका लागि फाइदाजनक पाँच आयुर्वेदिक चिया

काठमाडौं । चिया पिउदा शरीरबाट थकान कम हुने, टाउको दुखेको कम हुने, तनाव कम हुने कुरा त हामी मध्ये धेरैलाई थाहा नै छ । यसका साथै चियाको अर्को महत्वपुर्ण फाइदा भनेको शरीरको पाचन शक्ति बलियो बनाउनु पनि हो ।

हाम्रो शरीरलाई रोगबाट बचाउनको लागि रोग प्रतिरोधक क्षमता महत्वपुर्ण हुन्छ । यस रोग प्रतिरोधक क्षमता, ७० प्रतिशत सम्म हाम्रो पेटको अवस्थामा निर्भर हुन्छ । शरीरको पाचनलाई सन्तुलित बनाउन सहयोग गर्ने आयुर्वेदिक चियाः

केमोमाइल चिया

केमोमाइल चिया पाचन क्षमतालाई सन्तुलनमा राख्नको लागि निकै प्रभावकारी रहेको छ । यस चियाले शरीरको हानिकारक ब्याक्टेरियालाई बढ्न रोक्छ र राम्रो ब्याक्टेरियालाई अधिक स्वास्थ्य बनाउन सहयोग गर्छ । झाडापखाला मतलब लुज मोसन भएको समयमा केमोमाइल चिया पिउँदा फाइदा गर्दछ । यसले पेट दुखाईबाट राहत दिन्छ । दिनमा दुई कप केमोमाइल-चिया सेवन गर्दा फाइदा हुने गर्दछ ।

अदुवाको चिया

सामान्यरुपमा अदुवाको चिया जाडो महिनामा पिउने गरिन्छ किनभने यस समयमा अदुवाको नयाँ बाली उठाउने समय भएको हुन्छ । तर सुकाइएको अदुवाको प्रयोग वर्ष भरी हुन्छ यसलाई सुठो भनिन्छ ।

कोरोना संक्रमणबाट बच्नको लागि प्राय चिया बनाउदा सुठोको प्रयोग गर्नुपर्छ । यसले शरीरको श्वासप्रश्वास बलियो बनाउँछ र घाँटीको समस्याबाट पनि टाढा राख्छ ।

कालो चिया/ब्ल्याक टि

ब्ल्याक टि दुधबिना बनाउने चिया हो र यसलाई तयार गर्न केवल तातो पानी र टिब्यागको आवश्यकता पर्दछ । यदि टि ब्याग छैन भने चियापत्तीलाई तातोपानीमा हल्का उमालेर पनि कालो चिया तयार गर्न सकिन्छ ।

ब्ल्याक टि पिउँदा पाचन पक्रिया सन्तुलित रहन्छ र यसले टाउको दुख्ने र रुघा लाग्ने समस्याबाट छुटकारा दिन्छ । ब्ल्याक टि बनाउने समयमा एउटा ल्वांग र एउटा कालो मरिच मिसाएर पकाउनुपर्छ जसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बलियो राख्दछ ।

पुदिनाको चिया

एक कप पुदिनाको चिया बनाउनको लागि चार(पाँच वटा पुदिनाको पातलाई पानीमा मिसाउने र सानो आगोमा पकाउनुपर्छ । जब पानी राम्रो संग उम्लिएपछि त्यसलाई छानेर मन तातो बनाएर खानुपर्दछ । यसले पाचन प्रणालीलाई ठिक राख्दछ ।

दालचिनीको चिया

दालचिनी मतलब सिनामनको चियाको उपयोग निकै सिमित मात्रामा गर्नुपर्दछ । त्यसैले दालचिनीको चिया बनाउने समयमा आधा इन्च भन्दा पनि छोटो टुक्रालाई पिसेर पानीमा उमाल्नु पर्दछ । यदि दालचिनी पाउडरको प्रयोग गर्ने हो भने एक चिम्टी पाउडर लिनुपर्दछ ।

यसको साथै हल्का चियापत्ती, एउटा हरियो अलैची, दुई तीन वटा तुलसाको पात मिसाएर चिया बनाउन सकिन्छ । स्वाद अनुसार यसमा चिनी वा सख्खरको प्रयोग गर्न सकिन्छ । दिनमा एक पटक बिहानको समयमा यस चिया पिउँदा लाभ हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here