राती अबेरसम्म निन्द्रा लाग्दैन् ? छिटो निदाउन के गर्ने ?

धेरै मानिसहरुको बानी राती ढिलोसम्म टिभी हेर्ने, कम्प्युटर ल्यापटप चलाउने, मोबाईल चलाउने र बिहान ढिलोसम्म सुत्ने हुन्छ ।

कोही मानिसमा भने अन्य प्रकारका कुनै समस्या वा तनावको कारण पनि राती निन्द्रा नलाग्ने हुन्छ । निन्द्रा नलाग्ने समस्याले मानिसको दैनिकीलाई नै प्रभावित बनाइरहेको हुन्छ ।

स्वस्थ जीवनशैलीको लागि जति स्वस्थकर खानपानको जति महत्व हुन्छ त्यति नै निन्द्राको पनि महत्व हुन्छ ।

एक वयष्क स्वस्थ मानिसलाई दैनिक ६ देखि ८ घन्टासम्मको निन्द्रा आवश्यक हुने चिकित्सकहरुले बताउँछन् । मानिसको निन्द्रा पुरा नभएमा डिप्रेसन, टेन्सन र टाउको दुख्ने समस्या आइपर्न सक्छ ।

दिनभर फुर्तिलो र उर्जावान बन्नको लागि हामीलाई पर्याप्त आराम र निन्द्रा आवश्यक हुन्छ । एक दिन राती हामी समयमै निदाउन सकेनौं भने भोलीपल्ट हामीलाई थकित र अल्छी महसुस हुन्छ ।

त्यसैले होला गाँउघर अझै पनि बुढापाकाले भन्छन्– एक रातको अनिदोले सात दिन सम्म दुःख दिन्छ ।

छिटो निदाउन के गर्ने

१. सुत्न अघि कुनै तनाव नलिने

मानिसहरुको बानी ओछ्यानमा गएपछि मनमा विभिन्न प्रकारका तनावहरु लिने र धेरै सोच्ने हुन्छ तर, यस्ता कामले हामीलाई छिटो निदाउन दिँदैन् ।

सुत्नअघि कुनै प्रकारका कुराहरु मनमा खेलाउनु हुदैन् । नकरात्मक कुराहरु सोचेमा हामीलाई निन्द्रा लाग्दैन त्यसलै सकारात्मक कुराहरु मनमा राख्दै सुत्नुपर्दछ ।

२. बिहान छिटो गर्नुपर्ने काम राती नै गर्नुस

कतिपय अवस्थामा हामी बिहान गर्नुपर्ने कामहरुको करणले पनि छिटो निदाउन सक्दैनौं ।
त्यसकारण बिहानै गर्नुपर्ने कामहरु राती गर्दा मनमा कुनै प्रकारका तनाव हुँदैन् र राम्रोसँग निदाउन सकिन्छ ।

बिहान छिटो अफिस वा कलेज जानु छ भने बेलुका नै त्यसका लागि आवश्यक पर्ने सामग्रीहरु ठिक पारेर राख्नुपर्दछ ।

३. सुत्ने समयको रुटिन बनाउने

आफ्नो सत्ने समयको लागि रुटिन बनाउनु राम्रो हुन्छ । सकेसम्म छिटो सुत्ने र छिटो उठ्ने बानी बनाउँदा राम्रो हुन्छ ।

यस्तो गर्दा निन्द्रा पनि पुरा हुन्छ र दिनभर आफुलाई रिफ्रेस महशुस हुन्छ ।

४. सुत्न अघि मोबाईलको प्रयोग नगर्ने

सुत्नु भन्दा अगाडि मोबाईलको प्रयोग गर्दा पनि निन्द्रा ढिलो लाग्ने हुन्छ । त्यसैले सुत्नु भन्दा कम्तीमा ३० मिनेट अगाडीनै मोबाईल खेलाउन छोडिदिनुहोस्।

५. राम्रो ओछ्यानमा सुत्ने

कतिपय अवस्थामा ओछ्यान नराम्रो हुँदा पनि निन्द्रा राम्रोसँग नलाग्ने हुन्छ । त्यसकारण आफु सुल्ने ओछ्यान, तकिया साथै अन्य सामग्रीहरुको बारेमा पनि ध्यान दिनुपर्दछ ।

६. बत्ति निभाउने

सुत्नुभन्दा अगाडी सम्पुर्ण प्रकारका लाईटहरु अफ गर्नुपर्दछ । यदि कतैबाट सानो प्रकारको प्रकाश आएमा पनि त्यसले हामीलाई निदाउन गाह्रो बनाउँछ ।

त्यसका साथै एक पटक निन्द्रा खुलेपछि अर्को पटक निदाउन अप्ठ्यारो हुने हुनाले त्यस्ता प्रकारका प्रकाश आउने चीजहरु बन्द गर्नुपर्दछ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here