वायु र ध्वनि प्रदूषणका बिच हुर्कीएका बालबालिकामा मोटोपनको सम्भावना बढी

काठमाडौं । उच्च स्तरको वायु प्रदूषण, बढी आवाज र ट्राफिक भएको क्षेत्रमा रहेका बच्चाहरू मोटो हुने सम्भावना बढी रहेको अनुसन्धानले देखाएको छ ।

बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ र युनिभर्सिटी इन्स्टिच्युट अफ प्राइमरी केयर रिसर्च जोर्डी गोलका विशेषज्ञले स्पेनको सबाडेलमा नौदेखि १२ वर्ष उमेरका दुई हजारभन्दा बढी बालबालिकामा यी मुख्य वातावरणीय कारक र यसले बालबालिकाको तौलमा पार्ने प्रभावका बारेमा अध्ययन गरेका थिए ।

अनुसन्धानको क्रममा शहरमा बसोबास गर्ने ४० प्रतिशत बालबालिका बढी तौल भएका वा मोटो थिए, जसमा प्रदूषण, आवाज र ट्राफिक जस्ता शहरी कारकहरू जिम्मेवार रहेको पाइयो । अनुसन्धानका प्रमुख लेखक जेरोइन डे बोन्टका अनुसार वायु प्रदूषणको, आवाज र ट्राफिकको उच्च स्तर उच्च बडी मास इन्डेक्ससँग सम्बन्धित भए पनि सम्बन्धलाई प्रमाणित गर्नसक्ने मेकानिजम अज्ञात छ ।

वायु प्रदूषणले मोलिकुलर मेकानिजममा बाधा पुर्‍याई इन्फ्लामेसन वा अक्सिडेटिभ तनाव, हार्मोनल परिवर्तन बढेका कारण मोटोपनाको जोखिम बढ्छ । उच्च स्तरको आवाजले निद्रामा समस्या ल्याई तनाव हार्मोन बढाउन सक्छ, जुन बाल्यावस्थामा शारीरिक विकाससँग सम्बन्धित छ । यसले मोटोपनाको जोखिम बढाउन सक्छ ।

शहरमा बसोबास गर्ने बालबालिकामा फास्ट फुड वा अन्य खानाको कारण पनि तौल बढ्ने देखिएको छ । अनुसन्धान टोलीका अनुसार शहरको वातावरणले उच्च फास्ट फुड र उच्च क्यालोरी भएको खानाको सेवन बढाउन सक्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here