कहिलेकाँही ब्रत बस्दा मधुमेहको जोखिम कम

काठमाडौं । साउन महिना सुरु भएसंगै नेपाली हिन्दु महिलाहरु हरेक सोमबार ब्रत बस्ने गर्छन् । यसरी लामो समयसम्म केही नखाई ब्रत बस्दा स्वास्थ्यमा असर त पर्दैन भन्ने धेरै मानिसको जिज्ञासा हुनसक्छ । तर, कहिलेकाँही ब्रत बस्ने मानिसमा मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ ।

लगातार १० देखि १२ घण्टा केही नखाइ ब्रत बस्नाले शरीरले आफ्ना कार्यहरू गर्नका लागि अन्य उर्जाका स्रोतहरू खोज्ने र, शरीरले बोसो कोषहरूबाट खराब कोलेस्ट्रोललाई उर्जाको रूपमा प्रयोग गर्न थाल्छ । यस प्राकृतिक प्रक्रियाले मधुमेह हुने खतरालाई कम गर्न मद्दत पुर्‍याउने अध्ययनले देखाएको हो ।

युटाको मुर्रेमा रहेको इन्टर्माउन्ट मेडिकल सेन्टर हार्ट संस्थानका प्रमुख अनुसन्धानकर्ता बेन्जामिन होर्नका अनुसार ब्रत बस्नाले मधुमेह हुने सम्भावनामा बाधा पुग्ने हुन्छ । विभिन्न अध्ययनहरूले दिनभर थोरै तर समय समयमा ठिक्क मात्रामा खानाले मधुमेह रोक्न मद्दत गर्ने देखाएको छ । तर नयाँ अध्ययनले देखाएअनुसार ब्रत बस्नाले मोटोपना र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्छ, जसले मधुमेहको जोखिम कम गर्छ ।

अनुसन्धानका लागि ३० देखि ६९ वर्ष बीचका दुवै पुरुष तथा महिलालाई समावेश गरिएको थियो र यी सबैलाई प्रि–डायबिटीज (रगतमा ग्लूकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्था) को समस्या थियो ।

अध्ययनको क्रममा ब्रत बस्दा उनीहरूको कोलेस्ट्रोलको मात्रा केही बढेको थियो । तर ६ हप्तापछि सहभागीहरूमा तौल घटेको तथा कोलेस्ट्रोलको स्तर १२ प्रतिशतले घटेको पाइएको थियो । फ्याट सेल्सले इन्सुलिन प्रतिरोधको गरेर मधुमेह निम्त्याउँन सक्छ ।

र, अध्ययनअनुसार ब्रतको क्रममा फ्याट सेल्सबाट आएको खराब कोलेस्ट्रोल उर्जाको लागि प्रयोग गरिएको थियो । स्वास्थमा कुनै समस्या नभएका व्यक्तिले पानी मात्र पिएर ब्रत बस्दा उनीहरूको रगतमा ग्लुकोजको मात्रा कम हुनुका साथै तौल पनि घटेको होर्न बताउँछन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here