राष्ट्र बैंकले बढायो प्रोभिजनिङ, कोभिड कर्जामा थप कडाइ

काठमाडौं, १२ साउन । महामारीलाई देखाएर पूँजीपतिले कर्जाको गलत उपयोग गरिरहेको पाएपछि राष्ट्र बैंकले ‘असल’ भनिएको ऋणमा पनि प्रोभिजनिङ बढाएको छ ।

बैंकले साधारण कर्जा नोक्सानीको व्यवस्था साविक भन्दा ०.३ प्रतिशत बढाउन निर्देशन दिएको हो । बैंकहरुले साधारण कर्जामा एक प्रतिशत प्रोभिजनिङ गर्दै आएका थिए ।

कोभिड १९ महामारीको समयमा पुनरुत्थानको लागि प्रवाह भएका थप कर्जामा पनि प्रोभिजनिङ बढाएको छ । अव गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन तयार पार्दा बैंकहरुले सम्पुर्ण असल कर्जाको पनि १.३ प्रतिशत प्रोभिजनिङ गर्नु पर्नेछ ।

यो व्यवस्था सबै बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थालाई लागू हुने छ । यस व्यवस्थाले बैंकहरुको खराव कर्जा बढ्नेछ । खराव कर्जा बढ्ने वित्तीकै यसको प्रत्यक्ष असर मुनाफामा पर्नेछ ।

बैंकले कर्जा दिएपछि त्यस्तो ऋण नउठ्न सक्छ भनेर सोही ऋणको जोखिमबापत पैसा छुट्याउने कार्यलाई प्रोभिजनिङ भनिन्छ । यसअघि राष्ट्र बैंकले मध्येम र ठूला आकारका ऋणको फाइल मागेर विस्तृत अध्ययन गरेको थियो ।

महामारीको समयमा पनि बैंकहरुसँग पैसाको अभाव हुने गरी कर्जा प्रवाह भएपछि केन्द्रिय बैंक झस्किएको थियो । अध्ययनमा थुप्रै किसिमले ऋणको दुरुपयोग भएको पाइएको विवरण यसअघि सार्वजनिक भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here