धेरै समय एसी भएको कोठामा बस्नुहुन्छ ? हुनसक्छ यस्ता समस्या

काठमाडौं । पृथ्वीको तापक्रम बिस्तारै बढ्दै छ । पहिलेको तुलनामा कम पानी पर्ने समस्या देखा पर्ने थालेका छन् ।

शहरी क्षेत्रहरुमा एसीको माग र प्रयोग बढ्ने क्रममा छ । घर, अफिसदेखि गाडीहरुमा पनि एसीको प्रयोग बढ्दै गईरहेको छ ।

बच्चाहरु पनि अल्छी हुन थालेका छन् । पहिले घरको छतमा चङ्गा उडाउने, बाहिर खुल्ला स्थानमा विभिन्न खेलहरु खेल्ने बच्चाहरु पनि एसीको कारण कोठा मै बसेर नै मोबाईलमा गेम खेल्ने, टी.भी. हेर्ने गर्छन् ।

गर्मी धेरै होस वा कम मानिसहरुलाई अफिस तथा घरमा एसी चलाइराख्ने बानी परिसकेको छ । तर, एसीले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने तथ्यहरु बाहिर आएका छन् ।
हुन त गर्मी महिनामा एसीको प्रयोग बिना बस्नु गाह्रो नै हुन्छ तर पनि सकेसम्म एसीको प्रयोग कम गर्नुपर्छ ।

धेरै समय एसीमा बस्दा यस्तो समस्या देखापर्छः

१. पटक पटक बिरामी हुनु

धरैमात्रा सितलता प्रदान गर्ने एसी मानव स्थास्थ्यको लागि हानीकारक हुने एक अध्ययनको निष्कर्षले बताएको छ । यस्तो एसीबाट निस्कने हावाले विशेष रुपमा मानव शरीरको पाचन प्रकृयामा असर गर्छ ।

पाचन प्रकृयामा असर पारेसङ्गै हामी पटकपटक बिरामी हुने गछौं । जो मानिस एक दिनमा ५ घण्टाभन्दा धेरै समय एसीमा बस्छन् उनीहरुलाई साइनस हुने खतरा धेरै हुन्छ ।
चिसो हावाको कारण शरीरको म्यूकस ग्रन्थीमा प्रभाव पर्ने हुनाले ज्वरो, खोकी जस्ता रोगहरु देखा पर्छ ।

२. फंगल इन्फेक्सन

कुलर—एसीबाट निस्केको हावामा राति बिना कुनै लुगा ओढेर सुत्दा दमको रोगीलाई मात्र नभई सामान्य मानिसलाई पनि फंगल इन्फेक्सन हुने गर्छ ।

प्राकृतिक सितलतामा बसिरहेको मानिस केही समय एसीमा बस्ने केही समय एसी बाहिर बस्ने गर्दापनि हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ ।

बाहिर र भित्रको तापक्रममा ४ डिग्री भन्दा धेरै अन्तर भएमा यसको प्रभाव छिटो हुन्छ ।

३. जोर्नीमा समस्या

एसी वा कुलरबाट निस्केको हावाको कारण हाम्रो शरीरको जोर्नीहरुमा दुखाई उत्पन्न हुने गर्छ । गर्दन, हात खुट्टाका जोर्नीमा सबैभन्दा धेरै प्रभाव पर्छ ।

४. मोटोपन समस्या

धेरैसमय एसी वा कुलरमा बस्ने मानिसहरुमा मोटोपनको समस्या हुने गर्छ । शरीर चिसो भईराख्दा शरीरमा भएको उर्जा कुनै रुपमा खर्च हदैन् जसको कारण मोटोपन वृद्धि हुन्छ ।

५. छाला सुख्खा हुने समस्या

धेरै समय एसी वा कुलरमा बस्दा छाला सुख्खा हुन्छ । पसिना कम आउँदा शरीरको छिद्र बन्द हुने कारण छाला सुख्खा हुन्छ ।

त्यसकारण एसीमा बसेको १—२ घण्टाको बीचमा पसिना आउने काम गर्नुपर्छ ।

एसी प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

— एसी भएको कोठाको तापक्रम २० डिग्रीभन्दा कम नबनाउने

— कुलर वा एसी प्रयोग गर्नुृभन्दा पहिले त्यसमा फिल्टर अनिवार्य रुपमा राख्ने

— कुलर र एसी प्रयोग गर्दा त्यसको हावा सिधा शरीरमा नआउने गरी राख्नुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here