कोरोना सङ्क्रमणबाट निको भएका व्यक्तिमा कपाल झर्ने समस्या बढ्दो

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका बिरामीहरूमा कपाल झर्ने समस्या बढ्दो पाइएको छ । छालामा एलर्जी, ¥यासेस, कमजोरी, थकान, आँखा सुक्खा हुने समस्यासहित पोस्ट कोभिडको बिरामीमा कपाल झर्ने समस्या बढिरहेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

बिरामीहरूमा निको भएको ३० दिनपछि कपाल झर्ने समस्या बढी देखिएको छ । तर केही बिरामीहरूले सङ्क्रमणको बेलामा पनि कपाल धेरै झरेको रिपोर्ट गरेका थिए । पोषणको कमी, ज्वरो, चिन्ता तथा तनाव, अस्वस्थता, तौल घटेमा, हर्मोनमा परिवर्तन र सङ्क्रमणको कारणले भएको इन्फ्लामेसन पनि अस्थायी कपाल झर्नुको कारण हुन सक्छ ।

भारतको ईन्द्रप्रस्थ अपोलो अस्पतालका वरिष्ठ कस्मेटिक तथा प्लास्टिक सर्जन डा. शाहीन नुरेएजदानका अनुसार यस्या समस्या लिएर आउने बिरामीहरूको सङ्ख्या बढेर दोब्बर भएको छ ।

पोस्ट कोभिडको इन्फ्लामेसनम, पोषणको कमी, तौलमा परिवर्तन, भिटामिन–डी, बी १२ को कमी तथा हर्मोनल परिवर्तन यसको लागि ठूलो कारण हुनसक्ने उनले बताएका छन् । त्यस्तै, यस प्रकारको कपाल झर्ने समस्या अस्थायी रहेको वरिष्ठ कस्मेटोलोजी र प्लास्टिक सर्जन डा. कुलदीप सिंह बताउँछन् । यो अवस्था टेलोजेन इफ्लुभियमको कारणले हुन्छ ।

कुनैपनि ज्वरो वा कोभिडको कारणले यो अवस्था सिर्जना हुनसक्छ । सामान्यतया एक दिनमा एक व्यक्तिको एक सय कपाल झर्ने हुन्छ । तर यस अवस्थामा प्रतिदिन तीन सयदेखि चार सय कपाल झर्ने हुन्छ । पोषण युक्त सन्तुलित खानाको सेवन गरेरा अस्थाइ कपाल झर्ने समस्याको समाधान गर्न सकिन्छ ।

डा. सिंहका अनुसार, पोषणयुक्त खाना खाँदा पनि अत्यधिक कपाल झरे, तालु हुन थाले वा लगातार पाँचदेखि ६ हप्तासम्म पनि कपाल झर्ने समस्या भए डाक्टरको परामर्श लिनुपर्ने हुन्छ ।

कपाल झर्ने समस्यालाई रोक्नका लागि कपालमा तेल लगाउने, राम्रो स्याम्पूको प्रयोग गर्ने, धेरै केमिकल र तापक्रम प्रयोग नगर्ने, तनाव कम लिने, ध्यान गर्नेजस्ता उपायहरू अपनाउन सकिन्छ । इन्डियाटुडे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here