यी पाँच कारणले लाग्छ अत्याधिक तिर्खा

काठमाडौं । तापक्रम उच्च भएको वेलामा वा गर्मीको समयमा तिर्खा लाग्नुलाई सामान्य मानिन्छ । अत्यधिक पसिना आउँदा, भारी व्यायाम गर्दा, अत्यधिक काम गर्दा, मसालेदार वा चिल्लो खानाको सेवन गर्दा पनि मानिसलाई तिर्खा लाग्ने हुन्छ ।

शरीर पानीको मात्रा कम भइरहेको वेला अङ्गहरूले कुनै बाधाबिना आफ्नो काम जारी राख्नका लागि पुनः पानी भर्न आवश्यक हुँदा तिर्खा लाग्ने हुन्छ । तर लगातार कुनै ठोस कारणबिना तिर्खा लागेमा यो कुनै स्वास्थ्य समस्याको सङ्केत हुन सक्छ ।

धेरै स्वास्थ्य स्थितिले पटक–पटक तिर्खा लागेको महसुस गराउन सक्छ । शरीरमा पानीको मात्रा नपुग्दा डिहाइड्रेसन हुन सक्छ जसमा थकान र दृष्टि धमिलो हुने जस्ता सङ्केत पनि देखिन । अत्याधिक तिर्खा लाग्ने पाचँ कारणः

मधुमेहको समस्या भएमा

शरीरमा भएका कोषहरू इन्सुलिन प्रतिरोधी भएपछि मिर्गौलाले रगतबाट अधिक चिनी हटाउन कडा परिश्रम गर्नुपर्ने हुन्छ । जसकारण पटक–पटक पिसाब लाग्ने हुन्छ । शरीरबाट निष्कासन भएको पानीलाई आपूर्ति गर्ने सङ्केतको आधारमा पहिलेभन्दा धेरै तरल पदार्थ पिउन मनलाग्ने हुन्छ र अत्यधिक मात्रामा तिर्खा लाग्छ । लगातार पिसाब लाग्नु र अत्यधिक तिर्खा लाग्नु मधुमेहका दुई प्रारम्भिक लक्षण हुन् ।

एनेमिया अर्थात् रक्तअल्पता

शरीरमा हेमोग्लोबिन बनाउन पर्याप्त रातो रक्त कोषहरू नहुदा मानिसलाई एनेमिया हुने गर्छ । आहारमा समस्या, धेरै रक्तस्रावलगायतका विभिन्न कारणहरूले एनेमिया हुन सक्छ । डिहाइड्रेसन एनेमियाको सामान्य सङ्केत हो । जसकारण मानिसहरूलाई अत्यधिक तिर्खा लागेको महुसुस हुन्छ ।

हाइपरक्यालसेमिया

तिर्खा महसुस हुनु हाइपरक्यालसेमिया ९शरीरमा क्याल्सियमको स्तर अत्याधिक बढ्ने अवस्था० को पहिलो वा सरुआती लक्षण हुन सक्छ । यो ओभर्याक्टिक प्याराथायराइड ग्रन्थीहरू, क्षयरोग र क्यान्सरको कारण हुन सक्छ । रगतमा क्याल्सियमको अत्यधिक मात्राले हड्डीहरूलाई कमजोर पार्ने तथा मिर्गौलामा ढुङ्गाको विकास गर्न सक्छ ।

मुख सुक्खा हुँदा

मुख सुक्खा हुँदा वा र्‍याल बनाउने ग्रन्थीहरूले पर्याप्त र्‍याल नबनाउँदा अत्यधिक तिर्खा लागेको महसुस हुन सक्छ । यो क्यान्सर, सुर्तीजन्य प्रयोग, केही औषधि वा कुनै रोगको उपचारका कारण हुन सक्छ ।

गर्भावस्थामा

गर्भावस्थाका धेरै लक्षणहरूमध्ये तिर्खा लागेको महसुस हुनु पनि एक हो । पहिलो त्रैमासिकको क्रममा गर्भवती महिलाको शरीरमा रगतको मात्रा बढ्छ, जसले मिर्गौलालाई अधिक तरल पदार्थ बनाउन बाध्य तुल्याउँछ । जसकारण धेरै मात्रामा पिसाब लाग्छ । शरीरबाट निष्कासन भएको पानीलाई आपूर्ति गर्नका लागि गर्भावस्थाको पहिलो तीन महिनामा अत्यधिक तिर्खा लाग्ने हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here