तापक्रम विश्वव्यापी रुपमा वृद्धि, ५० डिग्रिसेल्सियस भन्दामाथि हुने दिनहरु दोब्बर

काठमाडौं, २९ भदौ । जलवायु परिवर्तनका असर भविष्यमा नभई अहिले नै देखिन थालेको छ । तापमान वृद्धिको समस्या विश्वव्यापी नै रहेको छ ।

संसारमा तापक्रम उच्च हुने केही क्षेत्र छन्, जहाँको तापक्रम तपाईं हामीलाई अस्वाभाविक लाग्न सक्छ ।

किनकि, हामीमध्ये धेरैलाई अफ्रिका तुलनात्मक रुपमा अरु क्षेत्रभन्दा गर्मी छ भन्ने लाग्छ । तर, विश्वमा अत्यधिक गर्मी दिनहरुको संख्या सन् १९८० को दशकयता दोब्बर भएको पाइएको छ ।

बिबिसीले गरेको विश्लेषणमा विश्वमा ५० डिग्रिसेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको हो । यस्तै अत्यधिक तापक्रम मापन हुने क्षेत्रहरु पनि बढेका छन् ।

बिबिसीका अनुसार सन् १९८० देखि २००९ को बिचमा औसतमा ५० डिग्रिसेल्सियस भन्दा माथिको तापक्रम भएका दिनहरुको संख्या वर्षको १४ दिन थियो । यो संख्या सन् २०१० देखि २०१९ को दशकमा बढेर २६ दिन पुगेको छ ।

यस्तै ४५ डिग्री वा त्यो भन्दामाथि तापक्रम हरेक वर्ष औसतमा दुई हप्ताले थपिएको छ ।

सहारा मरुभूमि रहेको अफ्रिकाको ठूलो क्षेत्र र अफ्रिकाका केही अन्य क्षेत्र वास्तवमै गर्मी भएकाले हामीलाई त्यस्तो लाग्नु स्वाभाविक हो ।

तर, अफ्रिकाबाहेक विश्वमा केही भूभाग हरुमा पनि गर्मीको चपेटामा परेका छन् । ५० डिग्री वा त्यो भन्दामाथिको तापक्रम मध्यपूर्व र गल्फ क्षेत्रमा बढी मापन भएको छ ।

यो वर्ष इटालीमा ४८.८ डिग्री र क्यानडामा ४९.६ डिग्रीसेल्सियसम्म तापक्रम मापन भएपछि वैज्ञानिकहरुले जीवाष्म इन्धनमा कटौति नगरेमा ५० डिग्रीसम्मको तापक्रम विश्वका विभिन्न मापन हुन सक्ने चेतावनी दिएका थिए ।

जलवायु परिवर्तनका असरले जलस्रोतमा नकारात्मक प्रभाव देखिएको छ । जैविक विविधतामा ह्रास र कृषि उत्पादनमा कमी देखिएको छ ।

मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव परी दुषित पानीका कारण रोगव्याधीमा बृद्धि पछि अन्य विभिन्न रोग देखा पर्न थालेको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परिरहेको छ ।

यसको प्रभावको कारण विश्वमा तीन अर्ब भन्दा बढी मानिसहरु अबको ५० वर्षमा ‘बस्नै नमिल्ने तापक्रम’ युक्त क्षेत्रमा बसोबास गर्न बाध्य हुने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

तापक्रम बृद्धिका सम्बन्धमा भएको नयाँ अनुसन्धान प्रतिवेदनमा सन् २०७० सम्ममा विश्वका तीन अर्ब भन्दा बढी मानिस तापक्रम धेरै भएका क्षेत्रमा बस्न बाध्य हुने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here