यी बैंकमा पाइन्छ सस्तो ब्याजमा कर्जा र बचतमा धेरै ब्याज

काठमाडौं, ३१ भदौ । बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको सूचना अनुसार अधिकाशं बैंकको ब्याजदर बढेको छ ।

बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम (तरलता) कोअभाव भएसँगै बैंकहरुले ब्याजदर बढाएका छन् । अहिले प्रणालीमा कर्जाको माग बढ्ने र निक्षेप संकलन कम हुन थालेको छ । जसले गर्दा तरलता अभाव हुन थालेको छ ।

तरलता व्यवस्थापनको लागि भन्दै बैंकहरुले ब्याजदरलाई हतियार बनाएका छन् । अहिले बजेट खर्च पनि न्यून हुँदा बैंकलाई ब्याजदर बढाउन बाध्यता सृजना भएको हो ।

तपाईंलाई लाग्न सक्छ कुन बैंकले सस्तोमा कर्जा दिन्छन र कसले निक्षेपमा महङ्गो ब्याज । यस्तो छ बैंकहरुको ब्याजदर ।

राष्ट्रिय वाणिज्य बैंक

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ३.०६ देखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकबाट कर्जा लिँदा ८.४१ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

नबिल बैंक

नबिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा ६.५१ देखि ९.२६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । साथै नबिल बैंकबाट कर्जा लिँदा ११.५२ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचत खातामा ४.५२ देखि ६.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा ७.५० देखि ९.०२ प्रतिशतसम्म ब्याज पाइने छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले साधारण बचतमा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दती निक्षेपमा ८.१० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकबाट ब्याज लिँदा १२।१३ प्रतिशतसम्म लाग्ने छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतमा ३.६१ देखी ४ प्रतिशत ब्याज दिने भएको छ । असोजदेखी लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा बैंकले मुद्दती निक्षेपमा ७ देखि ८.६१ प्रतिशतसम्म दिने भएको छ । बैंकबाट कर्जा लिँदा १०.८५ प्रतिशतसम्म लाग्ने छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज सार्वजनिक गरेको छैन । असोजदेखी लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा बैंकले मुद्दती निक्षेपमा ४.०५ देखि ८.५५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकबाट कर्जा लिँदा १२.३७ प्रतिशतसम्म लाग्ने छ ।

सनराइज बैंक

सनराइज बैंकले सार्वजनिक गरेको ब्याजरमा बचत तर्फ ५.०७ प्रतिशत ब्याज पाएने भएको छ । मुद्दती निक्षेपमा भने ५.०७ देखि १०.०७ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकबाट कर्जा लिँदा १३.०१ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले सार्वजनिक गरेको ब्याजदमार बचत तर्फ नै ४.२५ देखि ६.२५ प्रतिशतसम्म ब्याज पाइने छ । यता मुद्दती निक्षेपमा ८ देखि ९.२५ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकबाट कर्जा लिँदा १३.५५ प्रतिशतसम्म ब्याज पाइने छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतमा ३.७६ देखि ४.७६ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्धति निक्षेपमा ८.७६ प्रतिशतसम्म ब्याज पाइने छ ।

हिमालयन बैंक

हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ४.२५ देखि ६.१५ प्रतिशतसम्म ब्याज पाइने छ । मुद्दती निक्षेपमा ५ देखि ८ प्रतिशतसम्म रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकले बचतमा ३.२५ देखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा ८.२५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ । बैंकबाट कर्जा लिँदा १४.१० प्रतिशत ब्याज लाग्ने छ ।

स्टयान्र्डड चार्टर्ड बैंक

स्टयान्र्डड चार्टर्ड बैंकले बचतमा २ देखि ४.५ प्रतिशत ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा भने ७.५० प्रतिशतसम्म ब्याज पाएने छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ४.५ प्रतिशत प्रिमियम थपिने छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकको बचत खातामा ३ देखि ५ प्रतिशतसम्म ब्याज पाइने छ । मुद्दती निक्षेपमा ८.२५ देखि ८.७५ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ ।

सिभिल बैंक

सिभिल बैंकले बचत खातामा ४.२५ देखि ६.२५ प्रतिशतसम्म ब्याज दिने छ । मुद्दती निक्षेपमा ७.५५ देखि ९.२५ प्रतिशतसम्म ब्याज पाइने छ । कर्जा लिँदा बैंकले आधारदरमा ७ प्रतिशत प्रिमियम थपेर ब्याज लिने छ ।

प्राइम बैंक

प्राइम बैंकले बचत खातामा ४.७६ देखि ५.७६ प्रतिशतसम्म ब्याज दिने छ । मुद्दती निक्षेपमा ८ देखि ९.७६ प्रतिशतसम्म ब्याज पाइने छ ।बैंकबाट कर्जा लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियम थपिने छ ।

सानिमा बैंक

सानिमा बैंकले बचत खातामा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने गरेको छ । मुद्दती निक्षेप तर्फ ७ देखि १०.०१ प्रतिशतसम्म ब्याज रहेको छ । कर्जा लिँदा आधार दरमा ७ प्रतिशत प्रिमियम थपिने छ ।

एनसीसी बैंक

एनसीसी बैंकले बचतमा ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म पाइने छ । मुद्दती निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here