शेयर बेच्ने समय होइन,प्यानिक सेल नगरौँ, बलिया कम्पनीमा लगानी गर्नु लाभदायी !

काठमाडौं, ४ असोज । नेप्से परिसूचक पछिल्लो चार महिना यताकै न्यून विन्दुमा झरेको हो । लाभांशको सिजन लाग्दै गर्दा ओरोलो लागेको बजारमा आइतबार नेप्सेमा इतिहासकै दोस्रो ठूलो पहिरो गएको छ ।

निरन्तरको गिरावटले पुराना तथा बजार बुझेका लगानीकर्ता समेत अचम्मित बनेका छन् ।

बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार ११४ अंकले घटेर बन्द भएको छ । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो । यस्तै, यही भदौ २० गते पनि नेप्से १०८ अंकले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा कडाइ गरेपछि घट्न थालेको बजार पछिल्लो समय तरलता अभावले झनै प्रभावित पारेको छ । तरलता अभावका कारण बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको हो ।

यसले गर्दाखेरी, ठूला र बजार बुझेका संवेदनशील लगानीकर्ताले बजारप्रतिको विश्वास पूर्ण रुपले गुमाएका छन् । सूचकमा उच्च गिरावट आउँदा लगानीकर्ता आत्तिएर शेयर बेच्दा कारोबार रकममा बढोत्तरी आएको छ ।

शेयर बजार सधैं घट्ने वा बढ्ने मात्र गर्दैन । घटबढ बजारको नियम हो । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी छ ।

लाभांशको समय चलिरहेको छ । अहिले शेयर होल्ड गर्न सके अब केही समयभित्रै लाभांश हात पार्न सकिनेछ । यसर्थ, आम लगानीकर्ता यस्तो बेलामा पेनिक हुनु हुँदैन ।

आफ्नो होल्ड गर्न सक्ने क्षमता समेत अध्ययन गरेर विवेकपूर्ण निर्णय लिन जरुरी हुन्छ । सेयर बजारमा यस्ता घटनाहरु भइरहन्छन् । आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्नुपर्छ । जोखिम बहन क्षमतालाई ख्याल गर्नुपर्छ ।

शेयर बजारमा ‘ग्राहम–बफेट्स भिले’ को लगानी सुत्र

शेयर बजारमा सफल लगानी र राम्रो प्रतिफलका लागि अमेरिकी धनाड्य वारेन बफेट र उनका गुरु बेञ्जामिन ग्राहमले अपनाएको विधि तपाईंलाई काम लाग्न सक्छ ।

यस विधिले शेयरको मूल्य ‘बूक भ्यालू’ (रेसियो) भन्दा पनि कम भएका अर्थात् ‘भ्यालू स्टक’ नभएका कम्पनीलाई छानेर हटाउने र ‘बुक भ्यालु’ भन्दा अधिक मूल्य भएका कम्पनीलाई लगानीका लागि उपयुक्त कम्पनीको रूपमा छुट्ट्याउने मद्दत गर्छ । हाल यो सेयर बजार बढिरहेको छ । यस्तो अवस्थामा लगानीकर्तालाई ‘ग्राहम–बफेट्स भिले’ सुत्र उपयुक्त हुन सक्छ ।

यो विधि अनुसार निम्न छनोट प्रक्रिया अपनाएर राम्रो प्रतिफल दिने कम्पनीको सूची निर्माण गर्न सकिन्छ ।

चरण १ः पहिले लगानीका लागि सम्भाव्य कम्पनीको सूचीबाट वार्षिक विक्री २ अर्ब ५० करोड रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई छानेर हटाउनुपर्छ । उक्त रकम भन्दा कम विक्री भएका कम्पनी सेयर लगानीका दृष्टिकोणले साह्रै साना कम्पनी हुन् (नेपालको सन्दर्भमा उल्लिखित कारोबारको सीमा कम राख्न सकिन्छ) ।

त्यस्ता कम्पनीमा सुरक्षित लगानीका लागि आवश्यक व्यावसायिक स्थायित्व तथा वित्तीय पहुँच नहुन सक्छ । त्यसैले, कम्तीमा पनि विक्री २ अर्ब वा सोभन्दा बढी भएका कम्पनीहरूलाई सूचीमा समावेश गर्नु उत्तम हुन्छ ।

चरण २ः ऋणभन्दा इक्विटी ३० प्रतिशतभन्दा बढी भएका कम्पनीलाई सूचीमा कायम गर्ने र अरूलाई हटाउने । इक्विटीको तुलनामा ऋण कम भएका कम्पनीहरू सुरक्षित हुन्छन् ।

चरण ३ः इन्ट्रेष्ट कभरेज अनुपात ४ भन्दा कम भएका सबै कम्पनीलाई सूचीबाट हटाउने । उच्च इन्ट्रेष्ट कभरेज अनुपात भएका कम्पनीहरू सुरक्षित र लगानीका लागि उत्तम हुन्छन् ।

चरण ४ः इक्विटीको प्रतिफल १५ प्रतिशतभन्दा न्यून भएका पूँजीको लागतभन्दा आय न्यून रहेका कम्पनीलाई सूचीबाट हटाउने ।

चरण ५ः शेयरको चालू मूल्य र प्रतिशेयर वार्षिक आयको अनुपात २५ भन्दा बढी भएका कम्पनीलाई पनि सूचीबाट हटाउनु राम्रो हुन्छ । त्यस्ता कम्पनीको शेयर निकै महँगो हुन्छ ।

अब सूचीमा बाँकी रहेका कम्पनीको छुट्टाछुट्टै मूल्याङ्कन गर्नुपर्दछ । बाँकी रहेका कम्पनीको सूची धेरै लामो भएमा छनोट प्रक्रियालाई अझै कडा बनाएर सूचीलाई छोट्याउन पनि सकिन्छ । वार्षिक विक्री ५ अर्ब रुपैयाँ वा त्यसभन्दा अधिक भएका कम्पनीलाई मात्रै छान्न पनि सकिन्छ ।

ऋण शुन्य कम्पनी, इक्विटीको प्रतिफल २० भन्दा बढी भएका, मूल्य तथा आय (प्राइस अर्निङ रेसियो–पीई) अनुपात २० भन्दा कम र ‘प्राइस टु बुक’ मूल्य १.५ भन्दा कम भएका कम्पनीको लगानी अधिकतम लाभदायी हुन्छ ।

सूचीमा बाँकी रहेका हरेक कम्पनीको वार्षिक प्रतिवेदन र कर्पाेरेट प्रोफाइल अध्ययन गरेर शेयर लगानीका लागि उपयुक्त कम्पनी छनोट गर्नु नै बुद्धिमानी ठहर्छ ।

छनोट पछि सूचीमा रहेका कम्पनीको व्यवसायीक आधार, उत्पादन वा सेवाको प्रकार, प्राथमिक आम्दानीको आकार, उत्पादन वा सेवा विक्री गर्ने क्षेत्र वा भौगोलिक उपस्थिति, खरीद गर्ने ग्राहक वर्ग र किन खरीद गर्छन् भन्ने जस्ता विषयमा केन्द्रित भएर प्रडक्ट कष्टुमर मिक्स, व्यवसायको मोडलका साथै मार्जिन र लाभका उत्प्रेरकहरू के–के हुन् भन्ने जस्ता कुरा बुझ्न सकिन्छ ।

यसरी कम्पनीको बजार हिस्सा र प्रतिस्पर्धात्मक क्षमताको समेत आकलन गर्न सकिन्छ । विगत केही वर्षको विक्री र मुनाफाको प्रवृत्ति हेरेर कम्पनी राम्रो आर्थिक अवस्थामा छ/छैन पत्ता लगाउनुपर्छ ।

यसले कम्पनीको शेयरको अनुमानित विक्री र आयको अनुमान गर्न मद्दत पुग्छ । यस्ता विधि अपनाएर सेयरको आन्तरिक मूल्यको अनुमान गर्न र सो कम्पनीको शेयर उल्लेख्य छुटमा उपलब्ध छ/छैन थाहा पाउन सकिन्छ ।

ग्राहमका अनुसार यस्ता १० देखि १५ ओटा कम्पनी छानेर १ वर्षभन्दा बढी समयका लागि लगानी गर्ने हो भने त्यसले सन्तोषजनक प्रतिफल दिने निश्चित हुन्छ ।

शेयरमा लगानी गर्दै हुनुहुन्छ ? निम्न सुझाब तपाईंका लागि उपयुक्त हुन सक्छन

– कम्पनी छनोट गर्दा हुनुपर्ने भन्दा कम सेयर मूल्य (अन्डरभ्यालुड) भएका कम्पनीलाई प्राथमिकता दिनुहोस ।

– अन्डरभ्यालुड कम्पनी छनौट गर्दा ‘प्राइस अर्निङ रेसियो’ (पीई) लाई आधार बनाउनुहोस ।

– अन्डरभ्यालुडमध्ये पनि कम्तीमा विगत तीन वर्ष देखि निरन्तर रुपमा औसत १५ प्रतिशत भन्दा बढीका दरले लाभांश वितरण गरेका कम्पनी छान्नुहोस ।

– यसरी तपाईंले छनोट गरेका कम्पनी मध्ये पनि कुन कुनको व्यवसायीक वृद्धिदर २० प्रतिशत भन्दा बढी छ त्यो हेर्नुहोस ।

अब माथीका चार सुझाबका आधारमा कम्पनी छनोट गरी अन्तिम सूची बनाउनुहोस । हाल बजारमा उपलब्धमध्ये धेरै वाणिज्य बैंक, केही लघुवित्त, केही जलविद्युत, केही विकास बैंक र केही बिमा कम्पनी पनि तपाईंको छनोटको सूचीमा पर्छन ।

यसपछि मात्रै ती कम्पनीमा आफ्नो क्षमता अनुसार लगानी गर्नुहोस । अब बजार बढ्दा यीनै कम्पनीको सेयर मूल्य माथी जाने हो । यसकारण तपाईंले लगानी गरेको धितोपत्रमा जोखिम कम र प्रतिफल उच्च हुन्छ ।

घटेको शेयर बिक्री तथा बढदो शेयर खरिद गर्नुपर्छ

समय वित्दै जाँदा लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल (मुनाफा) प्राप्त गरिरहेका हुन्छन् । तर, सबै लगानीमा हरसमय मुनाफा नै प्राप्त हुन्छ भन्ने पनि हुदैन ।

लगानीको उचित प्रतिफल प्राप्त गर्नकालागि लगानीकर्ताले नियमित लगानी गरेको कम्पनीको वित्तीय अवस्था लगायतको अध्ययन गर्नुपर्दछ । त्यसकै आधारमा लगानी गर्ने कम्पनीको छनोट गर्नुपर्छ ।

कतिपय लगानीकर्ताले शेयर मूल्य घटेको समयमा पनि कुनै दिन पुनः बढने आशमा उक्त कम्पनीका शेयर होल्डिङ् गरिरहेका हुन्छन् । यो उचित होईन । यस्तो प्रवृतिले लगनीकर्तालाई कहिलेकाँही नोक्सान पनि हुन सक्छ ।

त्यसैले निरन्तर घट्दो क्रममा रहेको शेयर बिक्री गर्नुपर्छ भने बढदो क्रमको शेयर खरिद गर्नुपर्छ ।

प्रमाणित नभएका कुराको पछि नलाग्नुस

विभिन्न व्यक्तिहरूले तपाईंलाई विभिन्न किसिमका सल्लाह दिन सक्छन् । सबैले राम्रो सल्लाह नै दिन्छन भन्ने पनि हुदैन । त्यसैले अरूले भनेकै भरमा शेयर खरिदबिक्री नगर्नुहोस ।

तपाईंलाई कसैले कुनै कुराको जानकारी दियो भने त्यसको वास्तविक तथ्य पत्ता लगाई त्यसको आधारमा निर्णय लिनुहोस । लगानी गर्नु अघि कहाँ र किन लगानी गर्दै हुनुहुन्छ सो कारण पत्ता थाहा पाउनुपर्छ । शेयरमा गरिने लगानी पनि एक प्रकारको जुवा जस्तै हो । यसमा भाग्यले पनि साथ दिनुपर्छ ।

हुनत अरूले दिएका सुझावहरू सबै काम नलाग्ने हुदैनन् । तर त्यस्ता सुझावहरूले तपाईंलाई जानकार लगानीकर्ता बनाउन सहयोग गर्दैन । यसबाट दीर्घकालिन रूपमा तपाई सफल लगानीकर्ता हुने सम्भावना धेरै कम देखिन्छ । त्यसैले अरूको भनाईलाई जस्ताको तस्तै विश्वास नगर्नुहोस ।

दीर्घकालमा केन्द्रीत हुनुहोस

आज तपाईले पाएको सफलता नै विगतमा तपाईले गरेको लगानीको प्रतिफल हो । यदि तपाईले भविष्यमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने आजैदेखि सो क्षेत्रमा लगानी शुरू गर्नुहोस ।

अर्थात लगानी गर्दा अल्पकाल भन्दा पनि दीर्घकाललाई लक्षित गर्नुपर्छ । अल्पकालिनमा प्राप्त लगानी क्षणीक हुन्छ । त्यसैले दीर्घकालमा राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।

लगानी गर्दा जहिलेपनि उक्त कम्पनीको भविष्यलाई ख्याल गरेरमात्र लगानी गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here