मधुमेहका बिरामीमा रक्तचापको समस्या बढे मृत्युको खतरा दोब्बर

काठमाडौं । मधुमेह भएका बिरामीहरूमा रातको समयमा रक्तचाप बढेमा मृत्युको खतरा बढी हुने अध्ययनले देखाएको छ ।

टाइप १ र टाइप २ मधुमेह भएका मानिस जसलाई उच्च रक्तचापको समस्या छ, र रातको समयमा रक्तचाप बढ्दा उनीहरूमा मृत्युको जोखिम दुई गुणा बढी हुने इटालीको पिसा विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् ।

अमेरिकन हार्ट एसोसिएसनको उच्च रक्तचाप वैज्ञानिक सत्र २०२१ मा प्रस्तुत गरिएको अध्ययनअनुसार रातको समयमा मानिसको रक्तचाप घट्छ ।

रातमा रक्तचाप धेरै घट्दैन भने यसलाई वैज्ञानिक भाषामा ‘नन डिपिङ’ भनिन्छ । र, यदि दिनको तुलनामा रातको समयमा रक्तचाप बढेमा, यसलाई ‘रिभर्स डिपिङ’ भनिन्छ । रिभर्स डिपिङके मधुमेहका बिरामीमा मुटुरोगको जोखिम बढाउँछ ।

नतिजा स्वरुप मृत्युको जोखिम पनि बढ्छ । शोधकर्ताहरूले सन् १९९९मा पिसा, इटालीमा तीन सय ४९ मधुमेहका बिरामीमा अनुसन्धान गरेको थियो ।

अध्ययनको क्रममा ५० प्रतिशतभन्दा बढी मानिसमा रातको समयमा रक्तचाप घटेको देखिएन । तर, २० प्रतिशत मानिसमा रिभर्स डिपिङको अवस्था देखियो जसले गर्दा रातमा उनीहरूको रक्तचाप बढ्यो ।

यीमध्ये एक तिहाइमा मुटुरोग थियो । रिभर्स डिपिङको स्थितिमा मधुमेहका कारण, शरीरमा मुटु र रक्तवाहिकाहरूलाई नियन्त्रण गर्ने नर्भहरूमा क्षति पुग्छ ।

जसकारण मधुमेह रोगीमा रक्तचाप र मुटुको दर बिग्रिएर मृत्युको जोखिम बढ्छ । पिसा विश्वविद्यालयकी शोधकर्ता मार्टिना चिरियाको अनुसार मधुमेह भएका १० जना मध्ये एक जना मानिसमा रिभर्स डिपिङको समस्या हुन्छ ।

यो अवस्थाले मृत्युको जोखिमलाई दुई गुणाले बढी बनाउँछ । जसकारण बिरामीले रक्तचाप नियन्त्रण गर्न जरुरी हुन्छ । दैनिक भास्कर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here