पहिलेको जस्तो चम्किलो छैन पृथ्वी, ३ वर्षमै घट्यो चमक

CNN

काठमाडौं । पृथ्वी पहिलेको जति उज्यालो नभएको र यसको चमक पछिल्ला केही वर्ष घट्दै गइरहेको छ ।

विगत दुई दशकदेखि कसमोसबारे अध्ययन गरिरहेका खोजकर्ताहरुले पृथ्वीबारे उक्त तथ्य पत्ता लगाएका हुन् । सूर्यको सोलार साइकल र बादलले ढाक्ने मात्राबारे अध्ययन गर्न टेलिस्कोपको सहयताले विगत २० वर्षदेखि हरेक रात बिग बियर सोलार अब्जरभेटरीका खोजकर्ताहरूले पृथ्वीको प्रकाशसम्बन्धी (अर्थ–शाइन) मापन लिइरहेका छन् ।

नासाका अनुसार चन्द्रमाको अँध्यारो भागमा पृथ्वीको प्रकाश रिफ्लेक्ट भएर फेरि पृथ्वीमा फर्किदा देख्न सकिन्छ । पृथ्वीको चमक हरेक रात र हरेक मौसममा फरक/फरक हुन्छ ।

‘न्यु जर्सी इन्स्टिच्युट अफ टेक्नोलोजी’का खोजकर्ता फिलिप गुडका अनुसार धमिलो प्रकाशले केही उज्यालो दिइरहेको हुनाले चन्द्रमा एक चौथाइ मात्र देखिएका बेला अस्पष्ट भए पनि चन्द्रमाको पूरै आकार र पूरै गोलाइ देख्न सकिन्छ ।

पछिल्लो २० वर्षमा त्यो धमिलो प्रकाशलाई मापन गरेर हेर्दा सो चमक बिस्तारै हराउँदै गएको पाइएको छ । पृथ्वीले सूर्यबाट प्राप्त गरेर फाल्ने उज्यालोमा कमी आइरहेको गुड बताउँछन् । पृथ्वीले अहिले २० वर्ष पहिलेको तुलनामा प्रति वर्गमिटर आधा वाट कम प्रकाश रिफ्लेक्ट गरिरहेको छ ।

पृथ्वीले आफूमाथि पर्ने ३० प्रतिशत सूर्यको किरण रिफ्लेक्ट गर्छ । तर, पृथ्वीको चमकमा ०.५ प्रतिशतले गिरावट आएको हो ।

अध्ययनको क्रममा १७ वर्षसम्मको डाटा समान देखिए पनि अचानक तीन वर्षमै पृथ्वीको चमक अचानक घट्न पुगेको देखियो । आकाश ढाक्ने बादलको मात्रा कम हुनाले पृथ्वीको चमक पनि कम हुँदै गएको गुडले बताएका छन् ।

पृथ्वीले विगतमा भन्दा कम प्रकाश रिफ्लेक्ट गर्नुको अर्थ यसले धेरै तातो पाइरहेको बुझिन्छ । पृथ्वीले सो ऊर्जा कता र कसरी प्रयोग गर्नेछ भनेर वैज्ञानिकहरू अनुमान लगाउने प्रयास गरिरहेका छन् । सीएनएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here