कृषि क्षेत्रको कार्बन उत्सर्जन कम गर्न मासु र दुधको खपत कम गर्न आवश्यक

ग्लास्गो, २० कात्तिक । ठूला औद्योगिक मुलुकहरुले कृषि क्षेत्रबाट हुने कार्बन उत्सर्जन कम गर्ने प्रतिवद्धता जनाएका छन् ।

वेलायतको ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलन (कोप२६)मा उनीहरुको यस्तो प्रतिवद्धता आएको हो ।

एजेन्सीहरुका अनुसार दर्जनौं मुलुककमा सरकारहरु जलवायु परिवर्तनले पारेको असर कम गर्ने कार्यक्रमहरुमा लगानी बढाउने, प्रकृति संरक्षण गर्ने र कृषिका दीगो प्रविधि आत्मसाथ गर्ने घोषणा गर्ने तयारीमा छन् ।

कृषिमा भइरहेका अभ्यासहरुमा व्यापक सुधारको आवश्यकता रहेको बताउँदै वेलायत स्वयंले खाद्यान्न उत्पादन तथा उपभोको शैलीमा तत्कालै परिवर्तनको आवश्यकता रहेको बताएको छ ।

यद्यपि उसको यो धारणामा मासु तथा दुग्दजन्य वस्तुको उपभोगले कार्बन उत्सर्जनमा मुख्य भूमिका खेलेको कुरा उल्लेख छैन । वैज्ञानिकहरुले विश्वव्यापि तपामान १.५ डिग्रीले कम गर्नका लागि मासु र दुग्ध पदार्थको उत्पादनमा व्यापक कटौतिविना सम्भव नभएको बताउँदै आएका छन् ।

त्यस्तै, कृषिबाट हुने हानिकारक हरितगृह ग्यासहरुको उत्सर्जनमा तीन चौथाई हिस्सा पशुपालनको रहेको अध्ययनहरुले देखाएका छन् । पशुहरुको आहाराका लागि उत्पादन गरिने ठूलो परिमाणको खाद्यान्नले कार्बनडाइअक्साइडको उत्सर्जनमा मुख्य भूमिका खेलिरहेको छ ।

संयुक्त राष्ट्र संघका अनुसार वितरण तथा खुद्रा विक्री समेतको खाद्य प्रणालीले विश्वको एक तिहाई हरितगृह ग्यास उत्पादनमाा योगदान गरेको छ ।

यस्ता समस्याको समाधानका लागि जलवायु प्रतिरोधी बाली तथा पुनर्उत्पादनका उपायहरुको खोजी गरिने र माटोको स्वास्थ्यमा सुधार ल्याइने बताइएको छ ।

यी उपायलाई पहुँचयोग्य तथा सुलभ बनाउन र संसारभरका करोडौं किसानलाई सहयोग पु¥याउन कोप २६ मा सहभागी मन्त्रीहरुले ४ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता पनि गरेका छन् ।

वनजन्य खाद्य पदार्थका उत्पादक २८ देशका सरकारहरुले कृषि उत्पादनको दीगो व्यापारका लागि एक योजनामा सहमति पनि व्यक्त गरेको बताइएको छ । युरोपका कतिपय निजी क्षेत्रका कम्पनीहरुले सन् २०३० सम्ममा कृषि प्रशोधन तथा उत्पादनमा दीगो प्रविधि अपनाउने प्रतिवद्धता जनाएको पनि उल्लेख गरिएको छ ।
(एजेन्सीहरु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here