टेलिभिजनको स्क्रीन चाटेर खानेकुराको स्वाद लिन सकिने, टिभीको मूल्य कति ?

टोकियो । मानिसले आफ्नो आवश्यकताका आधारमा संसारभर विभिन्न प्रकारको प्रविधि विकास गरिरहेका छन् ।

यसै सन्दर्भमा जापानमा एक प्राध्यापकले स्क्रीनमा चाटेर टिभीमा देखाइरहेको खानेकुराको स्वाद चाख्न सकिने प्रविधिको विकास गरेका छन् ।

चाट्न मिल्ने खालको टीभी स्कृनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले लेखेको छ ।

टेस्ट दटीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने स्वच्छ झिल्लीमा स्वाद छर्किन्छन्।

टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्ने बीबीसीले जनाएको छ ।

मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताका अनुसार उनको आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ।

बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (एक लाख नेपाली रुपैयाँभन्दा केही बढी) पर्न जाने उनको अनुमान छ।

घरमै बसेको बेला पनि मानिसहरूलाई बाहिरको संसारचाट्न मिल्ने खालको टीभी स्कृनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले लेखेको छ ।

टेस्ट दटीभीको संज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने स्वच्छ झिल्लीमा स्वाद छर्किन्छन्।

टिभीमा भएको कुनै रेस्टुराँमा खाएको अनुभव प्रदान गर्न सम्भव बनाउने उद्देश्यले यो प्रविधि विकास गरेको रोयटर्सले लेखेको छ ।

स्वाद प्रवाहित गर्ने प्रविधि प्रयुक्त अन्य सम्भावित साधन उत्पादन गर्न उनले उत्पादकहरूसँग कुरा गरिरहेको बताइएको छ। प्राध्यापक मियाशिताले स्वाद डाउनलोड गर्न सकिने प्रविधियुक्त विश्वको परिकल्पना गरेका छन्।

उनका अनुसार कोभिड-१९ महामारी फैलिएको बेला यस्तो प्रविधिले मानिसहरूलाई बाह्य संसारसँग सम्पर्कमा राख्ने शैलीलाई बलियो बनाइदिन सक्छ।

तर केही मानिसले महामारीको बेला स्वाद चाख्न मिल्ने टीभी सार्वजनिक गर्ने उपयुक्त समय नभएको धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here