पाँच महिनामा २६३६ जनाले गरे आत्महत्या, कुन प्रदेशमा कति ?

अर्जुन न्यौपाने

काठमाडौं, १२ पुस । आत्महत्याको दर विश्वभर दिनदिनै बढ्दो छ । त्यसमा पनि आत्महत्या गर्ने अधिकांश किशोर किशोरीहरु रहेको पाइएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिर) मा २ हजार ६ सय ३६ ले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सबैभन्दा धेरै पुरुष छन् । १ हजार ४ सय ७४ जना पुरुष, ८ सय ८२ जना महिला, १ सय १४ बालक र १ सय ६६ बालिकाले आत्महत्या रहेको तथ्याङ्क छ ।

पछिल्लो समय आत्महत्याको दर बढेको प्रहरी अधिकृतहरु बताउँछन् । तर, अहिलेको परिस्थिति र डिप्रेसन नै मुख्य कारण भएको चिकित्सकहरु बताउँछन् ।

कुन प्रदेशमा कति ?

प्रदेश १ मा साउन महिनामा ८६ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष ४५ महिला ३३, बालक ५ र बालिका ३ जना रहेका छन् । विष खाएर ८ जना झुण्डिएर ७८ जनाले आत्महत्या गरेका छन् ।

भदौं महिनामा विष खाएर १३ जना, झुण्डिएर ९४ गरि १०७ जनाले आत्महत्या गरेका छन् । जसमा ६० जना पुरुष ३८ जना महिला, ४ बालक र ५ जना बालिका रहेका छन् ।

असोज महिनामा विष खाएर ८ जना झुण्डिएर १३० जना, हतियार प्रयोग गरि १ जनाले आत्महत्या गरेका छन् ।

कार्तिक महिनामा बिष खाएर ८ जना, झुण्डिएर १२८, आगो लगाएर १ जना र हतियार प्रयोग गरेर १ जना गरि १३८ जनाले आत्महत्या गरेका छन् ।

मंसिर महिनामा विष खाएर ६ जना, झुण्डिएर ८५ जना र हतियार प्रयोगबाट एकजना गरि ९२ जनाले आत्महत्या गरेका छन् ।

प्रदेश २ मा साउन महिनामा ७६ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष ३० महिला २७, बालक बालिका १५ जना रहेका छन् । विष खाएर १७ जना झुण्डिएर ५८ जना रहेका छन् । औजार प्रयोगबाट एक जनाले आत्महत्या गरेका छन् ।

भदौ महिनामा विष खाएर ६ जना, झुण्डिएर २९ जना गरि ३५ जनाले आत्महत्या गरेका छन् । जसमा १८ पुरुष १३ महिला २ पुरुष र २ जना बालिका रहेका छन् ।

असोज महिनामा विष खाएर १९ जना, झुण्डिएर ७४ जना गरि ९४ जनाले आत्महत्या गरेका छन् ।

कात्तिक महिनामा विष खाएर १० जना, झुण्डिएर ४७ जना गरि ५७ जनाले आत्महत्या गरेका छन् ।

मंसिर महिनामा बिष खाएर १४ जना, झुण्डिएर ८७ जनागरि १०१ जनाले आत्महत्या गरेका छन् ।

बागमती प्रदेशमा साउन महिनामा ७० जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष ३९, महिला २१ , बालक ३ जना र बालिका ७ जना रहेका छन् । विष खाएर ६ जना, झुण्डिएर ६३ जना र डुबेर एक जनाले ज्यान फालेका छन् ।

भदौ महिनामा विष खाएर १९, झुण्डिएर ६३, डुबेर ४ जना गरि ८६ जनाले आत्महत्या गरेका छन् । जसमा ४४ पुरुष, ३४ महिला, ५ बालक र ३ जना बालिका रहेका छन् ।

असोज महिनामा विष खाएर १० जना, झुण्डिएर ५४ जना र डुबेर एक जना गरि ६५ जनाले आत्महत्या गरेका छन् ।

कात्तिक महिनामा बिष खाएर १७ जना, झुण्डिएर ५६ जना, हामफालेर १ र डुबेर २ जनाले आत्महत्या गरेका छन् ।

मंसिर महिनामा विष खाएर ७ जना, झुण्डिएर ६१ जनागरि ६७ जनाले आत्महत्या गरेका छन् ।

गण्डकी प्रदेशमा साउन महिनामा विष खाएर ५ जना, झुण्डिएर ५२ जना, हाम फालेर एक जना , डुबेर एक जना गरि ५९ जनाले आत्महत्या गरेका छन् । जसमा ३८ पुरुष २० महिला र एक जना बालक रहेका छन् ।

भदौ महिनामा ४ जना विष खाएर ५७ जना झुण्डिएर र ४ जनाले डुबेर आत्महत्या गरेका छन् । जसमा ३८ जना पुरुष २२ जना महिला र ३ जना बालक रहेका छन् ।

असोज महिनामा विष खाएर ४ जना, झुण्डिएर ५३ जना, हाम फालेर २ जना गरि ५९ जनाले आत्महत्या गरेका छन् ।

कात्तिक महिनामा बिष खाएर १ जना, झुण्डिएर ५७ जना, हामफालेर १ र डुबेर १ जनाले आत्महत्या गरेका छन् ।

मंसिर महिना मा बिष खाएर ३ जना, झुण्डिएर ४५ जना, डुबेर १ जना गरि ४९ जनाले आत्महत्या गरेका छन् ।

लुम्बिनी प्रदेशमा साउन महिनामा विष खाएर २२ जना आगो लगाएर १ जना, झुण्डिएर ८३ गरि १०६ जनाले ज्यान फालेका छन् । जसमा ७० पुरुष, २५ महिला, ६ बालक र ५ जना बालिका रहेका छन् ।

भदौ महिना मा २५ जना विष खाएर १ जना आगो लागाएर ७१ जना झुण्डिएर र हाम फालेर १ र डुबेर ३ गरि १०३ जनाले आत्महत्या गरेका छन् । जसमा ६७ जना पुरुया २६ जना महिला, ६ जना बालक र ४ जना बालिका रहेका छन् ।

असोज महिनामा विष खाएर १६ जना, आगो लगाएर १, झुण्डिएर ७७, हामफालेर १ र डुबेर १ जनाले आत्म हत्या गरेका छन् ।

कात्तिक महिना मा बिष खाएर २४ जना, झुण्डिएर १०८ जना हाम फालेर एक जना गरि १३३ जनाले आत्महत्या गरेका छन् ।

मंसिर महिनामा बिष खाएर ११ जना, झुण्डिएर ७६ जना र आगोलगाएर १ जना गरि ८८ जनाले आत्महत्या गरेका छन् ।

कर्णाली प्रदेशमा साउन महिनामा विष खाएर ३ जना, झुण्डिएर २१ जना र डुबेर १ जना गरि २३ जनाले आत्महत्या गरेका छन् । जसमा १३ जना पुरुष, ७ जना महिना र १ जना बालिका रहेका छन् ।

भदौ महिनामा ५ जना विष खाएर झुण्डिएर १४ गरि १९ जनाले आत्महत्या गरेका छन् । जसमा १० जना पुरुष १७ जना महिला १ बालक र १ बालिका रहेका छन् ।

असोज महिनामा विष खाएर ४ जना, झुण्डिएर २१ जना र डुबेर १ जना गरि २६ जनाले आत्महत्या गरेका छन् ।

कात्तिक महिनामा बिष खाएर ३ जना, झुण्डिएर १९ जना गरि २२ जनाले आत्महत्या गरेका छन् ।

मंसिर महिनामा बिष खाएर ७ जना,झुण्डिएर २१ गरि २८ जनाले आत्महत्या गरेका छन् ।

सूदूरपश्चिम प्रदेशमा साउन महिनामा विष खाएर ७ जना, झुण्डिएर ९३ जना गरि ४६ जनाले आत्महत्या गरेका छन् । जसमा २२ महिला १८ पुरुष, २ जना बालक र २ बालिका रहेका छन् ।

भदौ महिनामा विष खाएर १२ जना झुण्डिएर ३० जना गरि ४२ जनाले आत्महत्या गरेका छन् । जसमा २५ जना पुरुष १३ जना महिला र ४ जना बालिका रहेका छन् ।

असोज महिनामा बिष खाएर १८ जना, झुण्डिएर ४९ जना र डुबेर एक जना गरि ६८ जनाले आत्महत्या गरेका छन् ।

कात्तिक महिनामा बिष खाएर ४ जना, झुण्डिएर ३८ जना र हाम फालेर ४ जना गरि ४६ जनाले आत्महत्या गरेका छन् ।

मंसिर महिनामा बिष खाएर ६ जना, झुण्डिएर ३४ जना र डुबेर १ जना गरि ४१ जनाले आत्महत्या गरेका छन् ।

मनोविश्लेषकहरू आत्माहत्यालाई सामाजिक, मनोवैज्ञानिक र जैविक कारणहरूको उपज मान्छन् । उनीहरूका अनुसार, आत्महत्या गर्नेहरूमध्ये अधिकांशमा कुनै न कुनै रुपमा मानसिक रोग हुन्छ । सबै मानसिक रोगीले आत्महत्या गर्छन् भन्ने चाहिँ होइन ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा हरेक ५० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । तथ्यांक अनुसार अनुसार प्रत्येक वर्ष ७ लाख बढी मानिसले आत्महत्या गर्ने गरेका छन् ।

आत्महत्याको मूख्य कारक डिप्रेशन, रक्सी, अपमान आदी मुख्य घटनाक्रम मानिएतापनि पछिल्लो समयमा इण्टरनेट पनि एक प्रमुख कारक तत्वका रुपमा विकास हुँदै गएको छ ।

पाँच वर्षमा मात्र नेपालमाभरका विभिन्न स्थानमा करिब ३० हजार मानिसले आत्यहत्या गरेका छन् । कोभिड-१९ को महामारीको केही महिनामै रोगले भन्दा पनि आत्महत्या गरेर मर्नेको संख्या बढी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here