खानपानको लागि गरिने यी गल्ती, जसका कारण लाग्छ ८५ प्रतिशत रोग !

काठमाडौं । खानेकुरा खानुको अर्थ हो, स्वस्थ्य हुन । निरोगी हुन । उर्जावान हुन । तर, खानपानको क्रममा गरिने केही गल्तीले हामीलाई स्वस्थ्य होइन, बरु रोगी बनाउँछ ।

खाना खानु भनेको पेट भर्नु मात्र होइन । वा जिब्रोको स्वाद मेट्न मात्र पनि होइन । शरीरलाई आवश्यक उर्जा, शक्ति प्राप्त गर्नका लागि हो । खानेकुराले हाम्रो शरीरलाई चाहिने पोषण प्रदान गर्छ ।

दीर्घरोगको प्रमुख कारण खानपानलाई नै मानिन्छ । स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका तथ्यांकलाई हेर्दा जीवनशैली र गलत खानपानकै कारण दीर्घरोगीको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ ।

तर, हामी जानेर वा नजानेर यस्तो खानपान गरिरहेका हुन्छौ, जसले स्वास्थ्यमा असर गरिरहेको हुन्छ ।

भनिन्छ, खान नजानेर धेरै व्यक्ति रोगको शिकार हुन्छन् । हरेक खानाको आफ्नै प्रकृति हुन्छ । त्यसलाई पकाउने वा सेवन गर्ने विधि पनि फरक हुन्छ ।

खानपानमा ध्यान नदिए रोग लाग्ने सम्भावना उच्च हुन्छ । रोग लागेर उपचार गर्नुभन्दा पनि रोग लाग्नै नदिन यसको रोकथाम गर्नु उचित हुन्छ ।

स्थायीरूपमा दीर्घकालीन रोगहरूको जोखिमबाट बच्न दैनिक खाइने खानपानमा ध्यान दिन अति आवश्यक हुन्छ ।

मासु, चिल्लो, गुलियो, अमिलो साथै मसलेदार खानाको प्रयोग कम गर्दा नै स्वास्थ्यका लागि फाइदा पुग्ने आहारविद् तथा पोषण विशेषज्ञहरु बताउँछन् ।

त्यस्तै, गहुँको आटाको सट्टा मैदाको प्रयोग, सक्करको साटो परिष्कृत चिनीको प्रयोग, शुद्ध तेलको साटो रिफाइन्ड तेलको प्रयोग बढिरहेको छ । समयअनुसार खानपानमा आएको परिवर्तनले शरीरमा विभिन्न रोग निम्त्याउने गरेको छ ।

धेरैजसो शरीरमा देखिने ८५ प्रतिशतभन्दा धेरै समस्या खानपिनको शैलीले हुने गरेको पाइन्छ ।

खानपानमा लापरबाही गरे शरीरको हर्मोन असन्तुलन भई फुड पोइजनिङ्ग, मधुमेह, प्रेसर, थाइराइड, महिनावारीमा समस्या, कपाल झर्ने समस्या, छालामा हुने समस्या, उच्च कोलेस्ट्रोल, स्ट्रोक, मुटुको समस्यालगायतका थुप्रै रोग लाग्ने वा भविष्यमा रोग लाग्ने सम्भावनालाई उच्च बनाउने गर्छ ।

विशेषगरी सुगर, प्रेसर, मुटुलगायतको समस्या भएका बिरामीले अत्यधिक चिल्लो, पिरो, नुनिलो, गुलियो साथै मसालेदार खानेकुराको सेवन गर्नु हुँदैन । र, यस्ता मानिसले खानपानमा अन्यको तुलनामा एकदम सतर्क रहनुपर्छ ।

वृद्ध अवस्थामा पाचन प्रणाली पहिलेको तुलनामा कमजोर हुँदा हुँदै पच्न सजिलो हुने खानेकुराको सेवन गर्नु नै उचित हुन्छ ।

त्यस्तै, सकेसम्म एक जनाले दिनको २ देखि ३ चम्चा मात्र तेलको प्रयोग गर्नुपर्छ । र, सकेसम्म मासुको सेवन कम नै गर्नुपर्छ । मासुको सेवन गर्दा पनि छाला र बोसोको सेवन नगरेकै राम्रो हुन्छ ।

मैदाको साटो आटा र चिनीको साटो सक्करको प्रयोग गर्नुपर्छ । गुलियो मिठाइको साटो फलफूल तथा काजु, बदाम, नरिवल, किसमिस ड्राइ फ्रुट्सको सेवन गर्नुपर्छ ।

शरीरलाई हाइड्रेट राख्नका लागि कम्तिमा पानि दिनको दुईदेखि तीन लिटर पानी पिउनु अनिवार्य हुन्छ । विभिन्न स्वास्थ्य समस्या भएका बिरामीले मात्र नभई स्वस्थ मानिसले समेत व्यायामका साथै खानपानमा धेरै ध्यान दिनुपर्ने हुन्छ ।

धेरैजसोले पाकिसकेको खानेकुरालाई पटक पटक तताएर सेवन गर्छन् । अहिले फ्रिजको प्रचलनले त यसलाई झनै बढवा दिएको छ । पाकिसकेको खानेकुरा पुन आगोमा तताउँदा त्यसमा रहेको पौष्टिक तत्व नष्ट हुने मात्र होइन, त्यो विषाक्त बन्छ । अर्थात हामी खानेकुरासँगै विष सेवन गर्न पुग्छौ ।

कुनैपनि खानेकुरा डिप फ्राई गरेर सेवन गर्नु भनेको पेटको रोग निम्त्याउनु हो । डिप फ्राइ गरेको खानेकुरा जिब्रोलाई मिठो त लाग्छ, पेटमा गएपछि त्यसले नराम्रो असर गर्छ ।

अझ पेट सम्बन्धी समस्या भएका, पाचन प्रणाली कमजोर भएका, ग्याष्ट्रिकका रोगी, मधुमेह, उच्च रक्तचापको रोगी, पायल्सका रोगीले यसरी डिप फ्राई गरेको खानेकुरा खानै हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here