डिजिटल अर्थतन्त्र सुधारका लागि विश्व बैंकको करिव साढे १७ अर्ब सहयोग

काठमाडौं, ३ असार । विश्व बैंकले डिजिटल नेपाल रुपान्तरण परियोजनाका लागि १४ करोड अमेरिकी डलर ऋण दिने भएको छ ।

विश्व बैंकका कार्यकारी निर्देशक बोर्डले ब्रोडब्यान्ड पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसलाई संलग्न गराउने उदेश्यसहित सञ्चालनमा ल्याइएको सो परियोजनाका लागि नेपाली साढे १७ अर्ब रुपैयाँ बराबरको ऋण सहायता स्वीकृत गरेको हो ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका कन्ट्री डाइरेक्टर फरिस हदाद जेरर्भसले डिजिटल रुपान्तरणलाई अंगाल्ने देशहरुले लचिलो र समावेशी विकाशमा गति लिने बताए ।

साथै विश्व बैंक नेपाललाई आफ्नो समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने लक्ष्यमा पुर्याउनलागि सहयोग गर्न पाएर गौरवान्वित भएको उनले बताए ।

परियोजनाका मूख्य उद्देश्य मानिसहरुलाई र व्यवसायहरुलाई सूचना सेवा र बजारहरुमा जोड्ने छ ।

परियोजनाले डिजिटल नेपाल फ्रेमवर्क कार्यन्वयनमा सहयोग पुरयाउने छ । सरकारले २०१९ मा देशको डिजिटल आर्थिक रणनीति घोषणा गरेको थियो । परियोजनाले विशेषगरी ग्रामीण क्षेत्रका मानिसहरु र व्यवसायहरुका लागि उच्च गुणस्तरीय र किफायती ब्रोडब्याण्ड सेवाहरुमा पहुँच सुधार गर्नेछ ।

यो सहायता ब्रोड ब्याण्डको पहुँच विस्तार र डिजिटल अर्थतन्त्रमा सहभागिता वृद्धि गर्न खर्च गरिने भएको छ । यसले नेपालको डाटा पूर्वाधार र साइबर सुरक्षामा सुधार गरेर सुरक्षित सेवा प्रदान गर्ने छ ।

साथै विशेष गतिविधिहरूमार्फत इन्टरनेट प्रयोग, डिजिटल सीप र उद्यमशीलता, र महिला, जातीय र सामाजिक अल्पसंख्यकहरू, र अपाङ्गता भएका व्यक्तिहरूद्वारा डिजिटल सेवाहरूमा पहुँच बढाउन खोज्नेछन्। यस परियोजनाले डिजिटल सीप विकास तालिम प्रदान गरी करिब १,५०० व्यक्तिलाई राम्रो रोजगारीका अवसरहरू पनि सिर्जना गर्ने समेत बताइएको छ।

परियोजनाले उच्च गतिको ब्रोडब्यान्ड कनेक्टिभिटी र डिजिटल सीप र सेवाहरूमा लगानी गरेर नेपालको आर्थिक बृद्धि कथाको विकासलाई प्रतिनिधित्व गर्दछ जसले देश, यसका जनता र यसका व्यवसायहरूलाई थप प्रतिस्पर्धी र विश्वव्यापी डिजिटल अर्थतन्त्रमा एकीकृत गर्न स्थान दिने विश्व बैंक टास्क टीम लीडर सिद्धार्थ राजाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here