जगबुडा नदीको बहावको कारण जैविक तटबन्धको काम प्रभावित

दोधारा । अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन जगबुडा नदीमा निमार्ण क्रममा रहेको जैविक तटबन्धको काम रोकिएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा स्थित अठार नम्वर पिल्लर बस्ती जोगाउन जगबुडा नदीमा डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजना अन्तर्गत जैविक तटबन्ध निमार्णको काम जगबुडा नदीको बहाव तिब्र भए संग निमार्ण कार्य रोकिएको छ ।

आज बिहान परेको अबिरल वर्षाले जगडबुडा नदीको बहावमा तिब्रता आए संगै निमार्ण कार्यमा प्रभावित पारेको स्थानियबासीहरुले बताएका छन् ।

डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजना अन्तर्गत १ सय ५० मिटर लामो जैविक तटबन्ध निमार्ण कार्य केही दिन अघि मात्रै सुरु गरिएको हो । जगबुडा नदीको बहाव बढे संगै काम गर्न असजिलो भएको कारण निमार्ण कार्य रोकिएको स्थानियबासी माया देबी सुनारले बताएका छन् ।

उक्त क्षेत्रमा जगबुडा नदीले बर्सेनी ठूलो धनजनको क्षति गर्ने गरेको छ् । दोधारा चाादनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ फरियोजनाका कार्यक्रमका कार्यत्रम संयोजक राजकुमार सुनारले नदीको बहाव बढी भएको कारण जैविक तटबन्ध निमार्ण कार्य रोकिएको बताएका छन् ।

‘जगबुडा नदीको बहाव बढी भएको कारण जैविक तटबन्ध निमार्ण कार्य रोकिएको छ्’ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले भने– ‘पानीको बहाव कम हुन बित्तिकै निमार्ण कार्य अघि बढ्छ ।’

जगबुडा नदीले वर्षा संग हिउदमा समेत जग्गा कटानी गर्न थालेपछि अठार नम्वर पिल्लर बस्तीका खेती योग्य जग्गा कटानी गर्न थालेपछि स्थानिय किसानहरुमा पिडा थपेको छ् । नदीले जग्गा मात्रै कटानी गर्दैन्, वर्षाको समयमा नदीको पानी बस्तीमा पसेर उपद्रो मच्चाउदै आएको छ् ।

भारतको सिमा संग जोडिएको अठार नम्वर पिल्लर बस्तीमा अहिले आएर ९ घरधुरी मात्रै बसोबास गर्दै छन् । जगबुडा नदीमा आएको बाढीको त्रासले बिगतमा दर्जनौ घर बिस्तापित भएका छन् । महाकाली नदीमा आएको तिब्र गतीको पानीको बहवाले जगबुडा नदीको पानीको बहावलाई रोकिदिएपछि जगबुडा नदीको पानी ओभरफ्लो भएर अठार नम्वर पिल्लर बस्तीमा पस्ने गर्छ् ।

वर्षातामा बस्तीमा पानी पसेपछि उनिहरु बिस्तापित हुने गर्छन् । पानीको बहाव कम भए संगै प्राय: स्थानीयवासी घरमा फर्किन्छन । भारतको अधिनमा रहेको नाङ्ला स्केपबाट आएको जगबुडा नदीको पानीको कारण अठार नम्वर पिल्लर बस्ती उच्च जोखिममा पर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here