कस्तो ठाउँ पहिरोको जोखिममा, कसरी थाहा पाउने पूर्व संकेत ?

फाइल तस्विर

काठमाडौं । बाढी,पहिरो र डूवान नेपालको कुनै एक ठाँउको मात्र समस्या होईन । नेपालमा वर्षेनी बाढी, पहिरोले सयौंको ज्यान लिइरहेको छ ।

पहिरोको जोखिम दुई कारणले बढ्छः पहिलो, निरन्तर पानी पर्दा र दोस्रो छोटो समयमै हुने भारी वर्षा।

सामान्य पहिरोभन्दा भेल पहिरो बढी खतरनाक हुन्छ, त्यसले बढी क्षति गर्छ। नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पहिरोको समस्या भोग्दै आएको छ ।

हरेक बर्ष मनसुन सुरुभएसँगै नेपालमा बाढि पहिरोको त्रास बढ्ने गरेको छ नेपालमा दुई कारणले पहिरोको जोखिम बढी छ। एक, धेरै बस्ती पहिरोको जोखिम हुने ठाउँमा छन् वा पुराना ठूला पहिरोबाट बनेका ठाउँहरुमा बस्ती बसेको छ।

दोस्रो, नेपालका जमीन प्राकृतिक र मानवीय कारणले चलायमान भइरहेका कारण कमजोर छन्।

कस्तो ठाउँ पहिरोको जोखिममा हुन्छ ?

मौसम, वर्षा र बाढी जस्तो पहिरोको पूर्वानुमान गर्न सकिंदैन। यसैले स्पष्ट रूपमा पूर्व संकेत पाउन सकिंदैन।

तर, पहिरो जानेवाला छ भनेर केही न केही कुरा थाहा हुन सक्छ।

पहिला पहिरो गइसकेको ठाँउ ।

भिरालो जमिनमा भित्र भ्वाड परेको ठाँउ ।

डोजर लगाएर सम्माएको ठाँउ ।

पानीको वहाव अपरोध गरेर निर्माण गरिएको ठाँउ । पहिरोको बढि जोखिम हुने गरेका छन् ।

पहिरोको जोखिमबाट बच्न केही सतर्कता अपनाउन सकिन्छ। वर्षायाममा भलको व्यवस्थापन राम्रोसँग गरेर पनि पहिरोको जोखिमलाई कम गर्न सकिन्छ ।

समुदाय वा घर नजिकै जमीनमा चिरा परेको छ भने चिम्ट्याइलो माटो हालेर पुर्ने वा प्लास्टिकले छोपेर र या त्यसठाँउबाट अलगै बसेर पनि पहिरोबाट बच्च सकिन्छ ।

पहिरोको जोखिम भएको बस्ती हो भने झनै चनाखो हुनुपर्छ। मौसम कस्तो हुन्छ, कति जोखिम छ भनेर जानकारी दिने सरकारी निकायहरुमा फोन गरेर सोध्न सकिन्छ। भारी वर्षा हुँदैछ भन्ने थाहा पाएपछि त्यो समय सुरक्षित ठाउँमा गएर बस्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here