विश्वको जनसंख्या ७ अर्ब ९५ करोड नाघ्यो, केही वर्षमै भारत धेरै जनसंख्या भएको देश बन्ने

काठमाडौं । विश्वको जनसंख्या ७ अर्ब ९५ करोड पुगेको छ । युएनएफपीएका अनुसार अहिले विश्वको जनसंख्या ७ अर्ब ९५ करोड ४० लाख पुगेको छ।

यसमध्ये ६५ प्रतिशत १५ देखि ६४ वर्ष उमेर समूहका छन्। ६५ भन्दा बढी उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कमका २५ प्रतिशत हिस्सा छ। केही महिनामै विश्वको जनसंख्या ८ अर्ब पुग्दैछ।

विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो। १ अर्ब जनसंख्या १ अर्ब पुग्न लाखौं वर्ष लागेकोमा करिब दुई सय वर्षमै ७ अर्ब पुग्यो।

सन् २०११ मा ७ अर्ब रहेको जनसंख्या २०२१ मै ८ अर्बको नजिक पुग्यो। युएनएफपीएका अनुसार २०३० मा ८ अर्ब ५० करोड र २०५० मा ९ अर्ब ७० करोड अनि २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान छ।

युएनएफपिएका अनुसार संसारभरि अहिले एक जना महिलाले औसतमा २.४ जना बच्चा जन्माउँछन्। पुरूषको औसत आयु ७१ र महिलाको ७६ वर्ष छ।

अहिले सबैभन्दा धेरै जनसंख्या चीनमा छ। चीनमा १ अर्ब ४४ करोड मानिस छन् भने भारत दोस्रो नम्बरमा छ। भारतको जनसंख्या १ अर्ब ४० करोड छ। अबका केही वर्षमा भारतको जनसंख्याले चीनलाई उछिन्ने अनुमान छ।

वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०१९ का अनुसार विश्वको कुल जनसंख्यामध्ये ६० प्रतिशतभन्दा बढी एसियामा छ। चीन र भारत सबैभन्दा बढी जनसंख्या हुने देशमा क्रमशः पहिलो र दोस्रो नम्बरमा पर्छन्।

२०२७ मा भारतले चीनलाई उछिन्ने अनुमान छ। अहिले चीनको जनसंख्या १ अर्ब ४४ करोड र भारतको १ अर्ब ४० करोड छ।

तेस्रो स्थानमा रहेको अमेरिकाको जनसंख्या ३३ करोड ४० लाख छ। सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । २ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो ।

तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here