आव २०७८-७९ मा शेयर बजार : उच्च अंकको कीर्तिमानदेखि लगानीकर्ता सर्वाधिक डुबेको वर्ष

काठमाडौं, ३२ असार । शेयर बजारका लगानीकर्ताले आर्थिक वर्ष २०७८\७९ लाई सायदै बिर्सेलान । खासगरी साना लगानीकर्ताले । किनकी एक वर्षको अवधिमा ११ खर्बको पूँजीकरणमा क्षय भोगेका लगानीकर्तामा यस वर्ष आशा भन्दा निरासा धेरै आयो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक क्षेत्रको स्थायीत्वका लागि भन्दै लिएका नीतिले प्रभावकारी रुपमा काम नगर्दा अन्ततः ठूला लगानीकर्ता सुरक्षित नै रहने र साना डुब्ने प्रवृत्ति यस आर्थिक वर्षमा अझ धेरै हुन गयो । आर्थिक वर्ष २०७८\७९ मा नेप्से परिसूचक ८७३.९२ अंकले घट्यो ।

गत आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से २८८३.४० अंकमा बन्द हुँदा धितोपत्र बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ रहेको आंकडा छ । चालु आर्थिक वर्षको कारोबारको अन्तिम दिन शुक्रबारको कारोबार पश्चात् नेप्से परिसूचक २००९.४६ को विन्दुमा बन्द भयो ।

नेप्सेमा ओरालो लाग्दा बजार पूँजीकरण पनि एक वर्षमा ११ खर्ब ४१ अर्ब ६२ करोडले घटेर २८ खर्ब ६९ अर्ब ३४ करोड लाखमा झरेको छ ।

२ भदौ, २०७८ मा नेप्से ३१९९.०३ अंकको ऐतिहासिक उचाइमा पुग्दा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाखसम्म पुग्यो । तर, त्यसपछि घट्न सुरु भएको नेप्से आर्थिक वर्ष सकिंदा उक्त विन्दुबाट ३७.१९ प्रतिशतले गिरावट आएर बन्द यो ।

नेप्से घटेसँगै बजार पूँजीकरण पनि ओरालो लाग्यो । २ भदौमा ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँसम्म पुगेको बजार पूँजीकरण ३५.७९ प्रतिशतले घटेर २८ खर्ब ६९ अर्ब ३४ करोड ४२ लाखमा आएको छ । यसबीचमा बैंकमा तरलताको अभाव, आयतमा उच्च रकम जानु, मंहगीजस्ता कारणले बजारमा नकारात्मक प्रभाव पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here