ताइवान द्वन्द्व: चीन-अमेरिका आमनेसामने भए विश्वमा कस्तो असर पर्छ ?

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै ताइवानको स्वशासित टापु क्षेत्रमा चीनले सैन्य अभ्यास शुरु गरको छ ।

पेलोसी ताइपेइमा अवतरण गरेसँगै चिनियाँ सेनाले मंगलबार रातिदेखि सैन्य अभ्यास सुरु गरेको हो ।

चिनियाँ सेनाले लडाकु विमानसहित परीक्षण पनि गरेको बताइएको छ । यो सँगै रुस र युक्रेन युद्धले आक्रान्त बनेको विश्वले थप एक नयाँ युद्धको सामना गर्नुपर्ने सम्भावना बढेको छ ।

विश्वका दुई शक्तिशाली मुलुकका नेताले सुझबुझपूर्ण निर्णय लिन सकेनन् भने चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

ताइवान कम जनसंख्या भएको सानो टापु भएपनि रणनीतिक र आर्थिक महत्व बोकेको हुनाले यसमाथि अमेरिका र चीनदुवैको नजर लागेको हो ।

त्यसैले चीन र अमेरिका दुवै देशले यसमा आँखा लगाएका हुन्। दक्षिणी चीन सागरमा नियन्त्रण जमाउनका लागि यो गेटवे मानिन्छ। ताइवानलाई आफूमा मिलाउन सके चीनले पूर्वी क्षेत्रमा सैन्य बल विस्तार गर्न सक्छ।

ताइवानले कम्प्युटर चिप्सको विश्वव्यापी उत्पादनमा पनि प्रभुत्व जमाएको छ।

विद्युतीय उपकरणमा प्रयोग गरिने सेमिकन्डक्टर उत्पादन कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएमएससी) ले विश्वबजारको आधाभन्दा बढी बजार हिस्सा ओगटेको छ।

ताइवानमा प्रभुत्व जमाउन सके चीनलाई विश्वका महत्त्वपूर्ण उद्योगमा पनि नियन्त्रण हुनेछ। ताइवानमा बन्ने चिप्स विभिन्न विद्युतीय उपकरणमा प्रयोग हुन्छ। यसले विश्वभरको कम्प्युटर, कार, घडी र मोबाइल बजारमा असर पार्नेछ।

ताइवान सेमिकन्डक्टरको सबैभन्दा ठूलो उत्पादक हो। गत वर्ष मात्र विश्व बजारमा बिक्री हुने सेमिकन्डक्टरको कारोबार रकममध्ये करिब ६० प्रतिशतभन्दा बढी ताइवानमा बनेका मात्र थिए।

सेमिकन्डक्टर तत्कालै अर्को स्थानमा बनाउन पनि गाह्रो हुन्छ। यसका लागि समय, जनशक्ति र ठूलो रकम लगानी हुनेछ। यदि तनाव बढेको खण्डमा अर्को स्थानमा सेमिकन्डक्टर नबनेसम्म यसको अभाव विश्वले झेल्नेछ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले बनाएका सामग्री ठूला प्रविधि कम्पनीहरू एप्पल, क्वालकमजस्ता कम्पनीले प्रयोग गर्दै आएका छन्। अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको बारेमा समाचार सार्वजनिक भएसँगै चीनले निरन्तर विरोध जनाउँदै आएको छ ।

यो वातावरण तयार हुनुमा अहिले अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण मानिएको छ । सञ्चारमाध्यमहरुले जनाए अनुसार उनी कडा सुरक्षाका बीच ताइवान पुगेकी छिन् । उता, चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको समेत जनाइएको छ ।

पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्। चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ। उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ। चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन्।

चीनले थाल्यो ताइवानको स्वशासित टापु क्षेत्रमा सैन्य अभ्यास, विश्वले युद्धको सामना गर्नुपर्ने सम्भावना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here