सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दिन थाल्यो सापटी, ७५ लाखसम्म ऋण पाइने

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सापटी दिन थालेको छ ।

कोषले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सेवाग्राहीलाई योगदानको आधारमा घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी दिन थालेको हो ।

सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले दुई योगदान कर्तालाई अनलाइनमार्फत विशेष सापटी रकम भुक्तानी गरेर सापटी योजना कार्यान्वयन शुरु गरे ।

यस योजना ३६ महिनासम्म कोषमा योगदान गरेको हकमा लागु हुने र सेवाग्राहीले जम्मा गरेको ८० प्रतिशत रकम ऋण लिन पाउने कोषले जनाएको छ ।

कोषले घर सापटी, शिक्षा सापटी र सामाजिक सापटी दिनेछ ।

कोषले योगदानकर्ता घर सापटी योजनामा नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न सापटी प्रदान गर्नेछ । यस्तो सापटी अधिकतम ७५ लाख रूपैयाँसम्म लिन पाइने छ । यो सुविधा एपबाट पनि पाउन सकिनेछ ।

विशेष सापटी लिएको योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भएपछि पुनः विशेष सापटी पाउँछन्। तर पहिले लिएको सापटी चुक्ता गनुपर्नेछ।

विशेष सापटी योगदानकर्ताले मासिक तलवबाट कट्टी गरी वा कोषले तोकेको बैंक खातामा पटक पटक वा एकै पटक जम्मा गरी चुक्ता गर्न सक्छन्। सापटीको ब्याजदर कोषको सञ्चालक समितिले निर्धारण गरेअनुसार हुनेछ। यस्तो ब्याजदर समितिले समयअनुसार पुनरावलोकन गर्न सक्ने उल्लेख गरिएको छ।

सामाजिक कार्य सापटी योगदानकर्ता आफू वा परिवारका सदस्यको सामाजिक कार्य (विवाह,व्रतबन्ध) लगायत कार्यका लागि कोषबाट सापटी प्रदान गरिन्छ। यस्तो सापटी पाँच लाखसम्म प्रदान गरिने व्यवस्था छ। शैक्षिक सापटी कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका योगदानकर्ताले यस्तो सापटी पाउँछन्।

उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ता वा निजका पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक सापटी दिइन्छ।

शैक्षिक सापटी लिई सो सापटीको ब्याज नियमित रुपमा चुक्ता नगर्ने योगदानकर्तालाई घर सापटी नगरिने निर्देशिकामा उल्लेख छ ।

घर मर्मत सापटी लिएका योगदानकर्ताले सो सापटी चुक्ता गरिसकेपछि मात्र निजलाई थप घर सापटी प्रदान गर्न सकिने व्यवस्थ छ ।

घर सापटी चुक्ता गर्नुपर्ने अवधिः योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी दफा २६ बमोजिमको सहुलियत अवधि सहित घर सापटीको पहिलो किस्ता लिएको बढीमा बीस वर्ष भित्र सापटी चुक्ता गर्नु पर्छ ।

सापटीको ब्याजदर कोषको सञ्चालक समितिले निर्धारण गरेअनुसार हुनेछ। यस्तो ब्याजदर समितिले समयअनुसार पुनरावलोकन गर्न सक्ने उल्लेख गरिएको छ।

सापटी योजनामा आवद्ध हुनका लागि योगदानकर्ताले नियमित ३६ महिनासम्म योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।

तर, योगदानकर्ताको १५ वर्षको तलब र ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब पनि हिसाब गरेर सापटी उपलब्ध गराइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here