चेम्बर भन्छ- मौद्रिक नीति सामान्य, व्यवसायीको माग आंशिक मात्रै सम्बोधन

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सामान्य मात्रै रहेको नेपाल चेम्बर अफ कमर्शले बताएको छ ।

चेम्बरले बिहीबार एक विज्ञप्ती निकाल्दै नीति सन्तुलित रुपमा आएको बताएको हो ।

नेपाल सरकारको बजेटमा उल्लेखित ८.५ प्रतिशतको आर्थिक वृद्धि ६ प्रतिशत मुनीको मुद्रास्फ्रिती हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्षित उद्देश्य सराहनिय रहेको चेम्बरको धारणा छ ।

तर, त्यस अनुरुप मौद्रिक एंव वित्तिय उपकरणको माध्यमबाट सो लक्ष्य पूर्ण रुपले हासिल गर्ने गरी मौद्रिक नीति आएको अनुभूति हुन सक्ने नदेखिएको चेम्बरले बताएको छ ।

दु्रत गतिको आर्थिक गतिविधि विस्तारका लागि उद्योगी एंव व्यवसायीहरुले उद्यम व्यवसाय गर्न आवश्यक माग अनुसार व्यवस्था र कर्जाको व्याजदर घट्नुपर्नेमा मौद्रिक नीतिमा सो विषयमा आंिशक मात्रसम्बोधन गरेको चेम्बरकाे भनाइ छ ।

बाह्य वित्तिय सन्तुलनका लागि अति महत्वपूर्ण एंव आवश्यक पहल तथा वित्तिय क्षेत्रमा देखिने जोखिम न्यूनिकरण गर्ने प्रयत्न र बैंक तथा वित्तिय संस्थाले विदेशबाट ऋण प्राप्त गर्न सक्ने स्रोतको दायरा विस्तार गर्दै बैंकिङ क्षेत्रका अतिरिक्त पेन्शन फण्ड, हेज फण्ड लगायतका स्रोतबाट समेत ऋण ल्याउने व्यवस्था र क्षेत्र विस्तार गर्नु नीतिको सराहनीय पक्ष भएको चेम्बरको धारणा रहेको छ ।

तर, नयाँ पूँजी निर्माणमा मौद्रिक नीतिले ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै चेम्बरले मुलुकको १५ औं आवधिक योजनाको समग्र लक्ष्य पूर्तीमा समेत मौद्रिक नीति परिलक्षित हनु पर्नेमा त्यसका लागि आवश्यक पर्ने बैकल्पिक स्रोतहरुको व्यवस्थापनमा भने यो नीति संकुचित देखिएको बताएको छ ।

मौद्रिक नीति सामान्य, उद्यमी व्यवसायीको माग आंशिक मात्रै सम्बोधनः चेम्बर

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सामान्य मात्रै रहेको नेपाल चेम्बर अफ कमर्शले बताएको छ ।

चेम्बरले बिहीबार एक विज्ञप्ती निकाल्दै नीति सन्तुलित रुपमा आएको बताएको हो । नेपाल सरकारको बजेटमा उल्लेखित ८.५ प्रतिशतको आर्थिक वृद्धि ६ प्रतिशत मुनीको मुद्रास्फ्रिती हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्षित उद्देश्य सराहनिय रहेको चेम्बरको धारणा छ ।

तर, त्यस अनुरुप मौद्रिक एंव वित्तिय उपकरणको माध्यमबाट सो लक्ष्य पूर्ण रुपले हासिल गर्ने गरी मौद्रिक नीति आएको अनुभूति हुन सक्ने नदेखिएको चेम्बरले बताएको छ ।

दु्रत गतिको आर्थिक गतिविधि विस्तारका लागि उद्योगी एंव व्यवसायीहरुले उद्यम व्यवसाय गर्न आवश्यक माग अनुसार व्यवस्था र कर्जाको व्याजदर घट्नुपर्नेमा मौद्रिक नीतिमा सो विषयमा आंिशक मात्रसम्बोधन गरेको चेम्बरले बताएको छ ।

बाह्य वित्तिय सन्तुलनका लागि अति महत्वपूर्ण एंव आवश्यक पहल तथा वित्तिय क्षेत्रमा देखिने जोखिम न्यूनिकरण गर्ने प्रयत्न र बैंक तथा वित्तिय संस्थाले विदेशबाट ऋण प्राप्त गर्न सक्ने स्रोतको दायरा विस्तार गर्दै बैंकिङ क्षेत्रका अतिरिक्त पेन्शन फण्ड, हेज फण्ड लगायतका स्रोतबाट समेत ऋण ल्याउने व्यवस्था र क्षेत्र विस्तार गर्नु नीतिको सराहनीय पक्ष भएको चेम्बरको धारणा रहेको छ ।

तर, नयाँ पूँजी निर्माणमा मौद्रिक नीतिले ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै चेम्बरले मुलुकको १५ औं आवधिक योजनाको समग्र लक्ष्य पूर्तीमा समेत मौद्रिक नीति परिलक्षित हनु पर्नेमा त्यसका लागि आवश्यक पर्ने बैकल्पिक स्रोतहरुको व्यवस्थापनमा भने यो नीति संकुचित देखिएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here