यी हुन् ब्रोकर लाइसेन्सको सिफारिसका लागि आवेदन दिने कम्पनी

काठमाडौं, ३१ असोज । नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्।

सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो।

आज अन्तिम दिन साँझसम्म ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका हुन् ।

सिफारिसका लागि आवेदन दिने कम्पनीहरूमा न्यूनतम २० करोडदेखि डेढ अर्बसम्म चुक्तापूँजी भएका कम्पनी छन् । जसमा अधिकांशको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।

नेप्सेका अनुसार ६० करोड रुपैयाँ चुक्ता पूँजीको फूल ब्रोकर लाइसेन्सको लागि ३ कम्पनी र स्टक डिलरका एउटाले सिफारिस गर्न माग गरेका छन् ।

स्टक डिलरका लागि नबिल सेक्यूरिटिजले आवेदन दिएको छ भने फूुल ब्रोकरको लाइसेन्सका लागि सेन्चुरी सेक्यूरिटिज, हिमालयन सेक्यूरिटिज र मेगा स्टक मार्केट्ले आवेदन दिएका छन् ।

संशोधित धितोपत्र दलाल नियमावली बोर्डले अनुसार ३० दिनभित्र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन माग गरेको थियो । उक्त समय आज सकिएको छ ।

सिफारिसका लागि आवेदन दिने कम्पनीहरूमा न्यूनतम २० करोडदेखि डेढ अर्बसम्म चुक्तापूँजी भएका कम्पनी छन् । जसमा अधिकांशको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।

नेप्सेका अनुसार ६० करोड रुपैयाँ चुक्ता पूँजीको फूल ब्रोकर लाइसेन्सको लागि ३ कम्पनी र स्टक डिलरका एउटाले सिफारिस गर्न माग गरेका छन् ।

यी हुन् ब्रोकर लाइसेन्सको सिफारिसका लागि आवेदन दिने कम्पनी

स्टक डिलर ब्रोकरको लाइसेन्सका लागि नबिल सेक्युरिटिजले आवेदन दिएको छ । सेन्चुरी सेक्यूरिटिज,हिमालयन सेक्यूरिटिज र मेगा स्टक मार्केट्ले ६० करोड रुपैयाँ चुक्ता पूँजी सहित फुल ब्रोकरेजका लागि आवेदन दिएका छन् ।

यसैगरी, हिमालयन ब्रोकरेज कम्पनी, भोले गणेश सेक्युरिटिज लि, क्यापिटल म्याक्स सेक्युरिटिज, कलश सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, केबीएल सेक्युरिटिज, प्रोपर्टी विजार्ड लि, सेयर प्रो सेक्युरिटिज, माछापुच्छ्रे कम्पनीले सीमित कारोबार गर्न पाउने ब्रोकरको लाइसेन्सका लागि आवेदन दिएका छन् ।

यसैगरी, सेक्युरिटिज, एनआइसी एशिया सेक्युरिटिज, सन सेक्युरिटिज, पाहि इन्भेष्टमेन्ट, मियो सेक्युरिटिज, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, जेबीएनएल सेक्युरिटिज, प्रभु स्टक मार्केट क्यापिटल आरबीबी सेक्युरिटिज, एसपीएसए सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, ट्रेडमो सेक्युरिटिज, सानिमा सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, क्यापिटल हब कम्पनीले सिफारिस माग गरेको नेप्सेले जनाएको छ ।

त्यसैगरी, गरिमा सेक्युरिटज, स्टक्स्कार्टस सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेज, सीबीआइएल सेक्युरिटिज, इगल स्टक इक्युटी, इन्दिरा सेक्युरिटिज, सजिलो ब्रोकर,मिल्की वे सेयर ब्रोकर, ब्लुचिप सेक्युरिटिज,बेनी सेक्युरिटिज, रोडसो सेक्युरिटिज,सिजी ईन्भेष्टमेन्ट, म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट, मनि वल्र्ड सेयर एक्सचेन्ज, सेन्चुरी सेक्युरिटिज र एप्पल सेक्युरिटिजले ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेका छन् ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिएबमोजिम निवेदन दस्तुर विवरण तथा कागजात संलग्न गरी सेबाेनसमक्ष पेस गर्नुपर्ने छ।

आवेदन परिसकेपछि सेबाेनले रीतपूर्वक आवेदन परे–नपरेको जाँचबुझ गरी नियमावलीअनुसार म्याद सकिएको मितिले ३५ दिनभित्र योग्य कम्पनी छनोट गरी निर्णय लिइसक्नुपर्ने छ।

पहिलो चरणमा सेबाेनले पूर्वाधार निर्माण, कर्मचारी भर्नालगायत काम मापदण्डअनुरूप बनाउन निर्देशन दिने छ भने त्यसको तीन दिनभित्र बोर्डले स्थलगत अध्ययन गरी अनुमति दिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here