रातमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुस् सुरक्षीत

रातको समयमा यात्रा गर्नु जोखिमपूर्ण मानिन्छ तर पनि धेरै युवाहरु रातमा साथीभाइसँग घुमफिर गर्न मनपराउँछन् ।

यात्राको विषयमा धेरैजसो युवाहरुमा एउटा नराम्रो पक्ष के हुन्छ भने उनीहरु लामो दूरीको यात्रा पनि रातमा नै गर्न रुचाउँछन् । यस्तो बानी राम्रो होइन् । रातमा यात्रा गर्नु अत्यन्त जोखिमपुर्ण हुन्छ ।

अध्ययन अनुसार हालसम्म विश्वमा जति पनि सडक दुर्घटना भएका छन् ति मध्ये सबैभन्दा धेरै रातमा नै भएका छन् । त्यसकारण सम्भव भएसम्म रातमा यात्रा गर्नुहुँदैन ।

तर, कतिपय अवस्था यस्तो आउछ कि हामीलाई रातमा यात्रा गर्नु पर्ने बाध्यता हुन्छ वा त्यसको विकल्प नै हुँदैन् । कुनै कामको लागि अचानक नै आफ्नो सवारी साधन हाँकेर रातमा राजमार्गमा टाढाको यात्रा गर्नुपर्ने हुन्छ ।

रातमा यात्रा गर्दा हामीले केहि कुरा मा ध्यान दिएमा सम्भावित जोखिमबाट बँच्न सक्छौं । यस्तो अवस्थामा यात्रामा निस्कँदा होसियार भएर सवारी चलाएमा हामी अप्रिय घटनाहरुबाट बच्न सक्छौं ।

तपाईं पनि रातमा यात्रामा निस्कदै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस्ः

१. हामी सबेलाई थाहा भएकै कुरा हो हालै काठमाडौंमा प्रहरीले एक निश्चित गतिमा मात्रै सवारी साधन चलाउन पाउने नियम बनाएको छ । त्यसकारण तपाईं रातमा यात्रामा निस्कदै हुनुहुन्छ भने आफ्नो सवारी साधनको गतिमा ध्यान दिनुहोस् । आफ्नो सवारीसाधनको गतिमा ध्यान दिदाँमात्रै पनि धेरै प्रकारका जोखिमबाट बच्न सकिन्छ ।

२. रातमा कहीलेकाँही हामी अचानक नै निस्कन पर्ने हुनसक्छ । यस्तो अवस्थामा निन्द्रा लागिरहेको हुनसक्छ । यसरी निन्द्रा लागिरहेको अवस्थामा आफै सवारी साधन चलाउनु भन्दा सम्भव भएसम्म अन्य कोही मानिसलाई सवारी चलाउनको लागि भन्नुहोस् ।

यदी यस्तो अवस्थामा पनि आफैले सवारी चलाउने परेमा हामीले हेलचक्रयाँइ गर्नु हुदैन् । निन्द्रा लागेको समयमा सवारी साधनलाई रोकेर केही समय चिसो हावा खाएर एकछिनपछि सवारी चलाउने गर्नुपर्छ ।

३. रातमा सवारी रोक्दा साइडलाइटको पुर्ण रुपमा प्रयोग गर्नुहोस् । यसो गर्दा अगाडि पछाडिबाट आएका सवारीहरुको बारेमा थाहा हुन्छ । यसका साथै इन्डिकेटरको प्रयोग गर्दै बायाँतर्फ विस्तारै सवारी रोक्नुहोस् । सवारी रोक्दापनि सवारी साधनको इन्डिकेटर बाल्नुपर्दछ ।

४. रातको समयमा यात्रा गर्दा आफुलाई पुर्ण रुपमा जानकारी भएको सडकबाट मात्रै यात्रा गर्नुपर्छ । छोटो सडकबाट यात्रा गर्ने चक्करमा आफुलाई थाहा नभएको वा आंशिक रुपमा मात्रै थाहा भएको सडकबाट यात्रा गर्नुहुदैन ।

५. यात्रा गरीरहेको अवस्थामा आफ्नो परिवार र आफन्तहरुको बारेमा विचार गर्नुपर्दछ । यस्तो गर्दा उनीहरुले पनि तपाईंलाई पर्खेर बसेका छन् भन्ने कुरामा तपाईंको ध्यान जान्छ र सावधानीपूर्वक सवारी चलाउन पर्छ भन्ने भावना जागृत हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here