नुवाकोटमा गठबन्धन ढुक्क,नारायण खतिवडालाई एमाले नै चुनौती बन्ने संकेत

नुवाकोट । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो जीत सुनिश्चित हुनेमा नुवाकोटमा गठबन्धन ढुक्क देखिएका छन् ।

दुईवटा निर्वाचन क्षेत्र भएको नुवाकोटमा क्षेत्र नम्बर एकमा गठबन्धनबाट साझा उमेद्वार माओवादीबाट निवर्तमान सांसद हितबहादुर तामाङ रहेका छन् भने प्रदेश सभा १ मा माओवादीकी राधिका तामाङ र प्रदेश सभा २ मा कांग्रेसका रमेश कुमार महत उमेद्वार रहेका छन्।

यस क्षेत्रमा एमालेबाट प्रतिनिधि सभामा बद्री मैनाली उम्मेदवार रहेका छन्। त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट साझा उमेद्वारअर्जुननरसिंह केसी रहेका छन् भने प्रदेश सभा १ मा माओवादीका रामप्रसाद ढुंगाना र प्रदेश सभा २ मा कांग्रेसका बहादुरसिंह लामा उम्मेदवार रहेका छन्।

यस क्षेत्रमा एमालेबाट प्रतिनिधिसभामा निवर्तमान सांसद नारायण खतिवडा उमेद्वार रहेका छन् ।
गत स्थानीय निर्वाचनमा दुईवटा नगरपालिका र दशवटा गाउँपालिका गरि १२ स्थानीय तह रहेको यस जिल्लामा एक नगरपालिकासहित ७ पालिकामा कांग्रेस विजयी भएको छ ।

त्यस्तै एक नगरपालिकासहित ४ पालिकामा माओवादी केन्द्र विजयी भएको छ भने नेकपा एमालेले एक पालिकामा जीत हात पारेको छ ।

नुवाकोटमा प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका हितबहादुर तामाङ र नेपाली कांग्रेसका अर्जुननरसिंह केसीसहित प्रदेश सभामा माओवादी केन्द्र र कांग्रेसको २–२ जना उम्मेद्वार रहेका छन् । उनीहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत पाँचदलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्।

नुवाकोटको चुनावी प्रतिस्पर्धामा एमाले अहिले रक्षात्मक अवस्थामा रहेको छ । नुवाकोट क्षेत्र नं. १ मा सात पालिका रहेका छन् भने क्षेत्र नं. २ मा पाँच पालिका रहेका छन्। दुप्चेश्वर गाउँपालिका,तादी गाउँपालिका, शिवपुरी गाउँपालिका,पन्चकन्या गाउँपालिका,लिखु गाउँपालिका,ककनी गाउँपालिका र सूर्यगढीगाउँपालिका क्षेत्र नं. १ मा पर्दछन् भने विदुर नगरपालिका,बेलकोटगढी नगरपालिका,तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिका क्षेत्र नं.२ मा पर्दछन् ।

गएको स्थानीय तहको निर्वाचन मत परिणामले पनि गठबन्धन अत्यधिक मतका साथ अगाडि रहेको देखाउँछ । स्थानीय चुनावमा सात पालिका रहेको १ नं. क्षेत्रमा शिवपुरी गाउँपालिका र सूर्यगढी गाउँपालिकाबाहेक ५ वटा पालिकामा कांग्रेस,माओवादी र एमालेले एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गरेका थिए ।

जसअनुसार दुप्चेश्वर गाउँपालिका,पन्चकन्या गाउँपालिका र ककनी गाउँपालिकामा माओवादीले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

कांग्रेसले लिखु गाउँपालिका र सुर्यगढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा अध्यक्ष जितेको छ ।

सात पालिका रहेको यस क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पालिकामा जीत निकाल्न सकेन । त्यस्तै पाँच पालिका रहेको २ नं. क्षेत्रमा तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका,विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामध्ये कांग्रेस र माओवादीले तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा गठबन्धन गरि चुनावी प्रतिस्पर्धा गरेका थिए भने किस्पाङ गाउँपालिकामा एमाले र माओवादीको गठबन्धन रहेको थियो ।

जस अनुसार तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका, किस्पाङ गाउँपालिकामा माओवादीले उपाध्यक्ष÷उपप्रमुख जितेको छ भने बेलकोटगढी नगरपालिकामा प्रमुख जितेको छ ।

त्यस्तै कांग्रेसले तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका, म्यागङ गाउँपालिकामा अध्यक्ष/प्रमुख जितेको छ भने बेलकोटगढी नगरपालिकामा उप–प्रमुख र म्यागङ गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेले किस्पाङ गाउँपालिकामा अध्यक्ष जितेको छ । १२ पालिकामा अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख गरि माओवादीले १२ र कांग्रेसले ११ जितेका छन् भने एमालेले १ जितेको छ ।

नुवाकोट क्षेत्र नम्बर १ मा १ लाख २० हजार ७ सय ५२ जना मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख १८ हजार ९ सय ७४ जना मतदाता रहेका छन् । यी दुवै क्षेत्रमा करिब ७५ देखि ८० हजार मत खस्ने अनुमान गरिएको छ।

यी दुवै क्षेत्रमा कांग्रेसको मत करिब २७–२८ हजार रहेको छ भने माओवादीको पनि २४/२५ हजार रहेको छ । तर एमालेको मत भने १७–१८ हजार रहेको छ । यस क्षेत्रमा एकीकृत समाजवादीको ४–५ हजार,राप्रपाको ५–६ हजार र अन्य पार्टीको करिब ४–५ हजार मत रहेको पाउन सकिन्छ ।

यस जिल्लामा रहेका करिब ५०–५५ हजार मतदाता देश बाहिर रहेको अनुमान छ भने करिब २०–२५ हजार मतदाता मतदानमा सहभागी नहुने अनुमान गरिएको छ। यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा क्षेत्र एक मा करिब ३५–३८ हजार मतले अगाडि रहेको पाउन सकिन्छ भने क्षेत्र नं. २ मा करिब ३२–३५ हजार मतले गठबन्धन अगाडि रहेको पाउन सकिन्छ ।

मत विश्लेषणका आधारमा नुवाकोटमा एमालेका प्रतिनिधि सभाका उमेद्वार बद्री मैनाली र नारायण खतिवडालाई निर्वाचित चुनौतीपूर्ण छ भने प्रदेश सभामा पनि एमालेलाई निर्वाचित हुन असहज देखिन्छ ।

प्रतिनिधि सभाका उमेद्वार माओवादीका हितबहादुर तामाङ र कांग्रेसका अर्जुननरसिंह केसीलाई निर्वाचित हुन अति सहज रहेको छ भने प्रदेश सभामा पनि गठबन्धनको जीत निश्चित देखिन्छ ।

२०७४ मा कांग्रेस निल भएको यस जिल्लामा अहिले त्यो नियति नेकपा एमालेले भोग्ने निश्चित देखिएको छ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो लागि यो निर्वाचन अन्तिम भएको बताइसकेका छन् भने माओवादी केन्द्रका नेता हित बहादुर तामाङको पनि यो निर्वाचन सम्भवतः अन्तिम हुन सक्ने माओवादी नेताहरुनै बताउँछन्।

खतिवडालाई एमाले नै चुनौती बन्ने संकेत

नारायण खतिवडा एमालेको सरकार ढाल्नको लाई देउवालाई सर्मथन गर्दै सर्वोच्चमा लाइन लाग्न गएका भन्दै एमालेको कार्यक्रर्ता नै असन्तुष्ट रहेका छन् ।

ण्कतिपय एमालेका सक्रिय सदस्यता लिएकाहरुले पनि केशव पाण्डेलाई मात्र भोट हाल्ने भन्दै हिडेका छन् ।

उम्मेदवारको विकल्प नभएर खतिवडाले टिकट पाएका आंकलन गरेका छन् भने कतिले हार्ने चुनावमा नयाँलाई किन हराउँने भन्दै खतिवडानै रोजाइमा परेको बताउँदै आएका छन् । एमाले फुटको प्रभाव पनि उनमा परेको छ ।

माधव नेपालको पक्षमा लगेर सरकार ढाल्न सहयोग गरेको आरोप पनि उनमा लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here