सञ्चार तथा सूचना प्रविधि दिवसको विकास र महत्व

चिरन्जिबी अधिकारी

सञ्चार तथा सुचना प्रविधि दिवस क्षेत्रका लागि एउटा महत्त्वपूर्ण दिन हो, आइसिटी डे अर्थात मे २ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान ) महासंघको अगुवाइमा विगत १० वर्षदेखि सुचना प्रविधि कार्यक्रमका साथ आइसिटी डे मनाउने गरिएको छ।

यसलाई सरकारी तवरले पनि व्यापक ढंगले मनाउन थालिएको छ। जुन एउटा स्वागतयोग्य कुरा हो। नेपालमा पहिलोपटक कम्प्युटर मे महिनाको पहिलो हप्तामा भित्रिएको तथा क्यान महासंघको स्थापना पनि मे महिनाको पहिलो हप्तामा नै भएको हुदाँ मे २ लाई राष्ट्रिय सञ्चार तथा सुचना प्रविधि दिवसका रूपमा मनाइँदै आएको छ। २ मेलाई आइसिटी डेका रूपमा मनाइने भए तापनि तथा आज २४ अप्रिलदेखि नै आइसिटी सप्ताह सुरु भइसकेको छ।

यो सप्ताहभरि नै आइसिटी सम्बद्ध संघसंस्थाले सञ्चार तथा सुचना प्रविधि जनचेतनामूलक सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जुन मे २ का दिन व्यापक र भव्यताका साथ सम्पन्न हुँदै छ।

यो दिनलाई अझ व्यापक बनाउन सम्मेलन, प्रभातफेरीलगायतका कार्यक्रम गरी राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको बनाउने पहल भइरहेका छन् । राजधानीमा मात्रै होइन क्यान महासंघका प्रदेशरजिल्ला शाखाको समन्वयमा विभिन्न प्रदेश रजिल्लामा पनि ुआइसिटी डेु सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु हुने छन् ।

सञ्चार तथा सुचना प्रविधि दिवसको विकास र महत्व

प्रविधिको तीव्रतर विकासले सिंगो विश्व जगत अहिले हातको औँलामा सीमित बन्न पुगेको अवस्थामा विश्वमा आएको प्राविधिक क्रान्तिसँगै नेपालमा पनि प्रविधिले ठुलो फड्को मारेको देखिन्छ ।

विगतमा भालेको डाकोसँगै उठ्ने नेपाली समुदाय अहिले ‘अलार्म’ को सहायतामा उठछन् । दिनभर स्मार्टफोन, आइफोन, ल्यापटपरकम्प्युटर, ट्याब्लेट, फ्याब्लेटमा अभ्यस्त हुन्छन् । योसँगै सामाजिक सञ्जाल टिकटक, यूट्यूब,फेसबुक, भाइवर, ट्विटर, ह्वाट्सअप, लिंक्डइन, इमेल र इन्टरनेटमा व्यस्त हुन्छौँ।

कुनै गेम खेल्नुपर्‍यो भने स्मार्ट एप्सको सहायता लिन्छौँ, तिथिमिति हेर्नुपर्‍यो अथवा कन्भर्ट गर्नुपर्‍यो भने एप्सकै सहायता लिन्छौँ। एकै क्लिकमा विश्वभरका भौगोलिक परिवेश र गतिविधि बुझ्न सक्छौँ ।

पछिल्लो समय अनलाइन सपिङ त सामान्य नै बनेको छ। त्यतिवेला लामो एन्टेना राखेर हेर्नुपर्ने टिभी अहिले डिजिटलमय बन्न पुगेको छ। अहिले अनलाइन बैंकिङ, अनलाइन टिकेटिङ, अनलाइन जब, अनलाइन मार्केटिङ, सोसियल मिडिया मार्केटिङ, अनलाइन एजुकेसन,अनलाइन हेल्थ लगायतको सुविधा भित्रिएको छ।

प्रविधिकेन्द्रित उत्पादनको त कुरा गरी साध्य छैन। अहिले एउटा स्मार्टफोनभित्र अनेक फाइदा लुकेका हुन्छन् । स्मार्टवाचबाट मुटुको धड्कन र प्रेसर जाँच्न सकिन्छ । फोटो खिच्न क्यामेराको जरुरी छैन । आँखामा लगाइएको चस्माबाटै फोटो खिच्न मिल्छ । ड्राइभरविना कार गुड्छ । घडीबाटै फोन गर्न मिल्छ । रोबोटबाट चमत्कारी कामहरू गर्न सकिन्छ।

यसरी सूचना प्रविधि क्षेत्रले आमजनमानसको आधारभूत आवश्यकताका रूपमा विशेष भूमिका खेलिरहेको अवस्थामा यस राष्ट्रिय सञ्चार तथा सुचना प्रविधि दिवसको महत्त्व अझ बढी हुनेछ भन्ने हामीलाई लागेको छ ।

सञ्चार तथा सुचना प्रविधिको आर्थिक विकासमा योगदान

हुन त एक दिन दिवस मनाउँदैमा मुलुकमा प्रविधि क्षेत्रको कायापलट नै हुने होइन, तर समग्र प्रविधि क्षेत्रको विकास र मुलुकको समृद्धिका लागि यो एउटा कोसेढुंगा बन्ने कुरामा भने कुनै सन्देह छैन ।

यी र यस्ता कार्यक्रमले नै जनचेतना अभिवृद्धि तथा सर्वसाधारणको पहुचँ र विस्तारमा टेवा पुग्दछ । मुलुक समृद्धिको महत्त्वपूर्ण मेरुदण्ड बन्न पुगेको प्रविधि क्षेत्रलाई हरेक कोण र तवरबाट प्राथमिकताका साथ सदुपयोग गर्न सके आर्थिक विकासमा अझ धेरै योगदान पुर्‍याउने पक्का छ।

नेपाल कृषिप्रधान देश भए पनि पछिल्लो समय मुलुकको समग्र अर्थतन्त्रमा प्रविधि क्षेत्रको योगदान कृषि क्षेत्रको भन्दा प्रशंसायोग्य छ।जब कुनै क्षेत्रले मुलुकको अर्थतन्त्रमा दरिलो टेवा दिन्छ भने त्यसलाई सरकारले प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने कि नगर्ने?यो जल्दोबल्दो विषय हो। प्रविधि क्षेत्र अहिले जुन तहमा पुगेको छ त्यो निजी क्षेत्रको पहल र बलबुताले अघि बढिरहेको छ भन्दा अत्युक्ति नहोला।

यसमा सरकारले केही राहत दिने हो भने त्यसले राम्रो मलजलको काम गर्नेछ । आइसिटीको विकास नै मुलुकको विकास हो । अन्तर्राष्ट्रिय परिवेश नियाल्दा पनि यो कुरा घामजत्तिकै छर्ल ङ्ग हुन्छ ।

हुनत: नेपालमा पनि यसलाई सबैले स्वीकार नै गरेका छन् । जस्तोसुकै कठिन काम पनि प्रविधिको प्रयोगबाट सहजै सम्पन्न गर्न सक्छौँ । अनलाइन, सोसियल मिडिया र डिजिटलाइजेसनको व्यापकताले मात्र समृद्ध मुलुकको परिकल्पना गर्न सक्छौँ । यस्ता क्षेत्रमा अब पछाडि फर्कन मिल्दैन ।

सञ्चार तथा सुचना प्रविधिमा सदुपयोग आवश्यक

हरेक कुरामा जस्तै प्रविधि जगतमा पनि विकाससँग विकृति पनि देखिएका छन् । हरेक कुरामा सकारात्मक र नकारात्मक पाटो हुन्छन् । त्यो प्रयोग गर्ने व्यक्तिमा निर्भर रहने कुरा हुन् । कुन प्रविधि कसरी र केका लागि प्रयोग गर्ने भन्ने बुझेर मात्रै सदुपयोग गर्ने हो भने त्यसको नतिजा दुवै हातमा लड्डु साबित बन्छ ।

तर, प्रविधिको प्रयोगका नाममा दुरुपयोग गर्दा त्यसले आफ्नो मात्रै होइन, अरूको जीवनसमेत बर्बाद बनाइदिन्छ । प्रविधिको दुरुपयोग हुनुमा प्रयोगकर्ता स्वयंको ठूलो दोष देखिने गरेको छ । चेतनाको कमी, ख्यालठट्टा र सजगतामा बेवास्ताले गर्दा पनि प्रविधिको दुरुपयोग भइरहेका छन् । तर, स्मरणीय कुरा के हो भने प्रविधिको विकासका लागि नकारात्मक कुराहरूमा अड्केर बस्नुभन्दा पनि सकारात्मक कुराहरूलाई मनन गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।

सञ्चार तथा सुचना प्रविधि क्षेत्र

बल्लतल्ल फस्टाउन लागेको सञ्चार तथा सुचना प्रविधि क्षेत्र, नीतिगत समस्या र अस्थिर राजनीतिका कारण खस्किन सक्छ। प्रविधि एउटा मात्रै यस्तो विषय हो जुन जति तीव्र गतिमा विकास हुन सक्यो, त्यति नै त्यस देशका जनताको जीवनस्तर र समग्र मुलुकको समृद्धि र विकास हुन्छ।तर, विडम्बना यो कुरा नीतिगत तहमा प्रभावकारी ढंगले लागू हुन सकेको छैन । जसको प्रत्यक्ष असर मुलुकको विकासमा परिरहेको छ, तर यसको अझै हेक्का हुन सकेको छैन ।

यो कुराले नीतिगत तहमा स्थान पाउन नसक्दा प्रविधि क्षेत्रका दक्ष जनशक्तिहरू धमाधम बिदेसिइरहेका छन् । देशका लागि केही गर्छु भन्नेहरूका लागि समेत वातावरण बन्न सकेको छैन । लगानीको प्रत्याभूति दिन सकेको छैन, यो भन्दा विडम्बना के होला र?कम्प्युटर हार्डवेयर, सफ्टवेयर, कम्युनिकेसन तथा सोसियल मिडियाको भरपूर प्रयोग र सजकता आजको आवश्यकता हो ।

यसको विकास, विस्तार र प्रवद्र्धन अर्को महत्त्वपूर्ण कुरा हो । यसमा निजी क्षेत्रको पहल र प्रयासलाई सरकारले हातेमालो गर्न जरुरी छ। अर्को महत्त्वपूर्ण कुरा के पनि हो भने यस क्षेत्रमा आबद्ध दक्ष, अर्धदक्ष जनशक्ति तथा व्यवसायीहरूले अरूको मुख ताक्नेभन्दा पनि सरोकारवाला निकायहरूसँग सहकार्य र समन्वय गरी एकजुट भएर अघि बढ्न आवश्यक छ ।

विद्यालय तहदेखि नै विधार्थीहरुलाई सञ्चार तथा सुचना प्रविधिको आधारभूत ज्ञान, यसको पहुँच तथा असर, सञ्चार तथा सूचना प्रविधिका फाइदाहरू, यसको दुरुपयोगका सम्भावना तथा जोखिमहरूका साथै साइबर सुरक्षाका विषयमा सीप र शिक्षा प्रदान गर्नु अत्यावश्यक छ ।अन्त्यमा यदि नेपाललाई सञ्चार तथा सुचना प्रविधिबाट समृद्धि ल्याउने हो भने प्रविधिको क्षेत्रमा लगानी गर्न अब ढिला गर्नु हुँदैन।

( अधिकारी क्यान महासंघका महासचिव हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here