को बन्ला ‘युइएफए प्लेयर अफ दि इयर’: मेस्सी, रोनाल्डो वा भान डाइक ?

काठमाडौं, ११ भदौ । यूरोपेली फुटबल संघ युइएफएले भोली बिहीबार यसवर्षको सर्वोत्कृष्ट फुटवल खेलाडी अर्थात युइएफए प्लेयर अफ दि इयरको घोषणा गर्दैछ ।

व्यावसायीक फुटबलको केन्द्र मानिने यूरोपेली फुटवलको सबैभन्दा ठूलो व्यक्तिगत अवार्डको पुरुष खेलाडी तर्फ यसपटक अन्तिम तीनमा परेका खेलाडीहरु बीच कसले जित्ला भनेर विश्वभरका फुटबल प्रेमीहरु ब्यग्रताको साथ प्रतिक्षा गरीरहेका छन् ।

यसपटक अन्तिम तीनमा रहेका छन्ः बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी, जुभेन्टसका पोर्तुगाली स्टार क्रिस्ट्यानो रोनाल्डो तथा लिभरपुलका डच स्टार भर्जिल भान डाइक ।

यी तीनमा कसले बाजी मार्ला भनेर फुटबल प्रेमीहरुले आ–आफ्नै हिसाबले अड्कलबाजी गर्न थालेका छन् ।

मेस्सी गत सिजन बार्सिलोनालाई ला लिगा जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेको कारण यस अवार्डको लागि छनोट भएका हुन् ।

त्यस्तै, रोनाल्डोको जुभेन्टसलाई सिरिए ए जिताउन महत्वपुर्ण भुमिका रहेको कारण अवार्डको लागि छनोट भएका हन् ।

अर्का तेस्रा प्रतिस्पर्धी भर्जिल भान डाइक भने यो अवार्डको अन्तिम तीनमा पहिलो पटक परेका हुन् । यी तीनमध्ये रोनाल्डो र मेस्सी फरवार्ड हुन भने डाइक डिफेन्डर ।

गत सिजन लिभरपुललाई च्याम्पियन्स लिग जिताउन र लिगमा दोस्रो स्थान हासिल गर्दा उत्कृष्ट प्रदर्शन गरेका कारण उनी यो सूचीमा अटाएका हुन् ।

विभिन्न सर्वेक्षणहरुले यो वर्ष अवार्डको लागि भर्जिल भान डाइक लोकप्रिय भएको देखाएका छन् । उनले गत सिजन साँच्चै नै लोभलाग्दो प्रदर्शन गरेका थिए ।

अघिल्लो वर्ष मेस्सी, रोनाल्डो र लुका मोड्रिक अन्तिम तीनमा छनोट परेका थिए । जसमा लुका मोड्रिकले बाजी मारेका थिए ।

यो अवार्ड हालसम्म रोनाल्डोले तीनपटक जितेका छन् भने मेस्सीले दुईपटक जितेका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here