कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक अनुसार पछिल्लो एक महिनामा मात्रै १५ भन्दा धेरै हरिया तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ । कुनै तरकारीको मूल्य तेब्बर समेत वृद्धि भएको मूल्यसूचीले देखाएको छ ।
काठमाडौं, ३ चैत । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारीको मूल्य प्रायः घटबढ भइरहन्छ ।
एक दिन कम मूल्य भएको तरकारी भोलिपल्ट ह्वात्तै बढेको पाइन्छ...
कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । गोलभेडा सानो ६० देखि ७० रुपैयाँमा किनबेच भैरहेको छ । आलुरातो प्रतिकिलो ५० रुपैयामा किनबेच भैरहेको छ ।
एक दिन कम मूल्य भएको तरकारी भोलिपल्ट ह्वात्तै बढेको पाइन्छ भने कुनै समय अघिल्लो दिनको तुलनामा तरकारीको मूल्य स्वाट्टै घटेको पनि पाइन्छ । आखिर किन तरकारीको मूल्य घटबढ भइरहन्छ ।