नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, विद्युत निर्यातको बाटो खुल्यो
नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता भएको छ । सम्झौताले नेपालबाट बंगलादेशमा विद्युत निर्यातको बाटो खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ । अब नेपाल तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्न सक्षम बन्ने भएको छ ।
विश्वप्रसिद्ध उद्योगपति रतन टाटाको निधन
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।
निजी क्षेत्रद्वारा निर्यात नीतिको माग
मुलुकमा हालसम्म पनि निर्यातसम्बन्धी नीति बन्न नसकेका कारण निकासी व्यापारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै निजी क्षेत्रले निर्यात नीतिको माग गरेको छ ।
फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो
एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।
हस्तकला महासंघका पदाधिकारीले भेटे थाइल्याण्डका राजदुत, बैंककमा हुने मेलामा नेपाललाई...
काठमाडौं, २ असार । नेपाल हस्तकला महासंघका पदाधिकारीहरुले नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफसँग भेटवार्ता गरेका छन् ।
सो अवसरमा थाइल्याण्डको बैंककमा बर्षेनी आयोजना...
मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको...
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् ।
भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका तयारीको अन्तिम चरणमा
सरकारले भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका तयारीलाई गति दिएको छ । भन्सार कार्यालयहरुमा प्रयोग हुने यो निर्देशिका चाँडै तयार भई कार्यान्वयनमा आउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक व्यवसायीले आवेदन दिनुपर्ने
भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीले आवेदन दिनु पर्ने भएको छ । सरकारले यस्तो आवेदन माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ साउन भित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन माग गरेको हो ।
चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात
चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ ।
अदानी ग्रुपको १ अर्ब डलरको परियोजना श्रीलंकाबाट फिर्ता, यस्तो छ कारण
भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो ।





























