सुन्तलालाई राष्ट्रिय फलफूलको मान्यता

सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल मान्यता दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय फलफूल मान्यता दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट पाइने

असोज ११ गते देखि असोज २७ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ ।

१५ अर्ब १३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक,दिउँसो ३...

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

कोटिभिटीविरुद्ध लागेको भ्याटछलीको मुद्दामा निजी क्षेत्रको आपत्ति

निजी क्षेत्रका तीन संस्थाले आईटी कम्पनीमाथि फौजदारी मुद्दा लगाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । राजस्व अनुसन्धान विभागले शतप्रतिशत सेवा निर्यात गर्ने कोटिभिटीविरुद्ध भ्याटछलीको मुद्दा हालेको छ । यस घटनामा नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज् (नास‐आईटी), नेपाल उद्योग परिसंघ (सीएनआई), अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने

आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था प्रक्रिया बढाउन लागेको जनाकारी गराएको हो । त्यस्तै सरकारले चिवतनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

लकडाउनको प्रभाव: पेट्रोलियम पदार्थ र सुन आयातमा उल्लेख्य कमी

पछिल्लो नौ महिनाको तथ्यांक अनुसार सुनको आयातमा १२ अर्ब ५४ करोड रुपैयाँले कमी आएको छ। गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा १३ अर्ब ४६ करोड रुपैयाँबराबरको आयात भएको छ।

धानको बीउ नपाउँदा अन्नको संकट बढ्ने त्रास

जेठ मध्य कटिसक्दासम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाइँ गर्न नभ्याइने हो कि भन्ने किसानको आशङ्का छ । कोरोना सन्त्रास छल्न जारी लकडाउनले कृषि सामग्रीका बजार नखुल्दा अहिले धानको बीउ नपाएर किसानको पिरलो बढेको हो ।

शहरी विकास मन्त्रालयद्धारा दुई महिने कार्ययोजना सार्वजनिक

कार्यक्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन्।

नेपालमा ६२ प्रतिशत घरपरिवार कृषिमा संलग्न, महिलाको पहुँच ३४.४ प्रतिशत

राष्ट्रिय कृषि गणना २०७८ अनुसार कृषिमा आवद्ध ६२ प्रतिशत घरपरिवारमध्ये लैंगिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।

‘हल्लाको भरमा शेयरमा लगानी गर्नु राम्रो होइन’

शेयर बजारमा दर्ता भएका उद्योगको नाफाको स्थिति, नेटवर्थ र फ्युचर एक्सपमँसन प्लान हेरेर शेयर बजारमा लगानी गर्नुपर्छ । कुनै भावनाको आधारमा होइन, हल्लाको भरमा लगानी गर्दा अप्ठ्यारोमा परिन्छ । त्यसो हुनाले जानेर, बुझेर, विज्ञसँग सरसल्लाह गरेर लगानी गर्दा राम्रो हुन्छ ।