नेपालमा ६२ प्रतिशत घरपरिवार कृषिमा संलग्न, महिलाको पहुँच ३४.४ प्रतिशत

फाइलफोटो

काठमाडौं । कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको पाइएको छ ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार कृषिमा आवद्ध ६२ प्रतिशत घरपरिवारमध्ये लैंगिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।

लैंगिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित रहेको तथ्यांकले देखाएको छ ।

बिहीबार ललितपुरमा कृषि जग्गाको स्वामित्वमा रहेको पुरुष र महिलाबीचको असमानताको विषयमा पहिलो पटक गरिएको तथ्यांक संकलन सार्वजनिक गर्दै यस्तो बताएको हो । त्यस्तै, कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क कृषि जनसख्या ३१.४ प्रतिशत रहेको छ ।

देशभरका कृषि जनसंख्यामा औसत ३४.४ महिलाको जनसंख्या देखिए पनि प्रदेशअनुसार फरक–फरक तथ्याङ्क छ। प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८.५ र सबैभन्दा कम कर्णाली प्रदेशमा २८.७ प्रतिशत जनसंख्या छ।

यस्तै, कोशी प्रदेशमा ३७.२, मधेसमा ३५.८, बागमतीमा ३१.५, लुम्बिनी ३४.४ र सुदूरपश्चिममा ३०.६ प्रतिशत महिलाको कृषि जग्गामा स्वामित्व देखिएको छ।

कृषि जग्गाको कानुनी रुपमा स्वामित्व भएको जनसंख्या ४१ लाख ५४ हजार ३४३ रहेको छ। यसमध्ये कृषि जमिनको कानुनी रुपमा स्वामित्व भएको महिलाको जनसंख्या १४ लाख ३० हजार ७ सय १९ रहेको छ भने २७ लाख २३ हजार ६२५ पुरुष कृषि जमिन कानुनी रुपमा स्वामित्व भएको रहेका छन्।

यस्तै, कुल १ करोड ३२ लाख ११ हजार ३४९ जना वयस्क (१८ वर्ष माथि) को स्वामित्वमा कृषियोग्य जमिन छ। जसमध्ये ६३ लाख ४७ हजार ९३६ जना वयस्क पुरुषको स्वामित्व रहेको छ भने, ६८ लाख ६३ हजार ४१२ जना वयस्क महिलाको स्वामित्वमा कृषियोग्य जमिन रहेको छ।

जस अनुसार ४२.९ प्रतिशत वयस्क पुरुषको स्वामित्वमा कृषि जमिन रहेको छ भने २०.८ प्रतिशत वयस्क महिलाको स्वामित्वमा जग्गा रहेको पाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here