यी १० वस्तु, जसले ओगट्छ कुल आयातमा आधा हिस्सा
नेपालमा पेट्रोलियम पदार्थसहितको १० प्रमुख वस्तुले कुल आयातको आधा हिस्सा ओगट्ने गरेको पाइएको छ । भन्सार विभागको तथ्यांक अनुसार कुल आयात हुने वस्तुमध्ये पहिलो तीन नम्बरसम्म पेट्रोलियम पदार्थ पर्छ । चालु आवको १० महिना बितिसक्दा कुल वस्तु आयात १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको भएको छ ।
२१ बुँदे माग राख्दै म्यानपावर व्यवसायी आन्दोलित, यस्ता छन् माग
वैदेशिक रोजगार विभागले मनोमानी गरेको भन्दै म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । मेनपावर व्यवसायीहरुले विभागले एकलौटी र स्वेच्छाचारी निर्णय गरेको भन्दै आइतबार आन्दोलन गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
ठेकेदारको पक्षमा देखिए महासेठ, भन्छन् – लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्छु
काठमाडौं, १८ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्ने बताएका छन् ।
मुलुकभर विकास निर्माणमा ढीलासुस्ती...
पर्यटन र हवाई क्षेत्रलाई १० प्रतिशतसम्म चालु पूँजी कर्जा
कोरोनाबाट अति प्रभावित पर्यटन तथा हवाई क्षेत्रको लागि पनि राहत प्याकेज घोषणा गरेको छ। केन्द्रिय बैंकले व्यवसायमा परेको कोरोनाको प्रभाव हेरी आवश्यकता पहिचान गरेर स्वीकृत कर्जाको १० प्रतिशतसम्म चालु पूँजी कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो।
काठमाडौं महानगरले कीर्तिपुरमा भेट्यो ५० रोपनी जग्गा, अब कुहिने...
पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।
‘लगानीको वातावरण सिर्जना गर्नतर्फ हामी केन्द्रित हुनुपर्छ’
अर्थतन्त्र सुधारका लागि सरकारबाट भएका प्रयासमात्र पर्याप्त नरहेकाले निजी क्षेत्रको साथ आवश्यक रहेको उनले बताए । ‘सरकार आफैँले सबै कुरा गर्न सम्भव छैन । निजी क्षेत्रको पनि भूमिका चाहिन्छ । निजी क्षेत्रलाई सहज बनाउन मौद्रिक उपकरण परिचालनमार्फत ब्याजदर घटाएर लगानीको वातावरण बनाउनुपर्नेछ ।’
डिजेल, पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो
डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बुधबार मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेको हो ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना
लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले फेरि लागत संकलनको सूचना निकालेको छ ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
ऊर्जा मन्त्रालयले उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।
लगानी सम्मेलनमा दुई सम्झौता हस्ताक्षर
तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो ।