१६ खर्ब ४७ अर्बको बजेट, ५ खर्ब ५९ अर्बको स्रोत पुगेन

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि रु. १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ ।

प्रतिफल दिने आयोजना लगानी केन्द्रित गर्ने रणनीतिमा छौं : अर्थमन्त्री

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका छन् ।

अर्थले नयाँ बजेटबारे १६ मन्त्रालयसँग गर्यो छलफल

र्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सकेको जनाएको छ। बिहीबार संस्कृति, पर्यटन तथा उड्डयान पर्यटन मन्त्रालसँग छलफल गरिएको छ।

सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र

सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

६ महिनामै व्यापार घाटा ८ खर्ब ८० अर्ब नाघ्यो, आयात-निर्यात दुवै...

आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

अत्यावश्यक वस्तुमा परनिर्भरता बढ्यो, चामल आयात दोब्बर

कोरोनाको कारण घटेको उद्योगहरुको क्षमता, कामदारको कमीको प्रभावमा दैनिक उपभोग्य सामान अन्नजन्य सामग्री, घ्यु–तेल, तरकारी तथा फलफूलको आयातमा परेको छ ।

सीटीईभीटी तालिम प्राप्त कर्जाको प्रभावकारी शून्य, शैक्षिक प्रमाणपत्र धितोमा कार्यविधि बाधक...

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको शैक्षिक प्रमाणपत्र धितो र सीटीईभीटी तालिम प्राप्त कर्जा प्रभावकारिता न्यून देखिएको छ ।

काठमाडौं महानगरले भन्यो ‘सडकपेटीको निर्माणकार्य राति मात्रै गर्नू’

काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायले गर्ने सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य रातिको समयमा मात्र गर्नरगराउन प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

विदेश अध्ययनका लागि ८ महिनामा ८९ अर्ब बाहिरीयाे

नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै ८ महिना अवधिमा ८९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउन–फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका छन् ।

राजश्व उठाउने काममा जिम्मेवार भएर लाग्न अर्थमन्त्री डा. महतकाे निर्देशन

‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्दै मन्त्री डा.महतले निर्देशनको क्रममा भने, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’