समयमै काम नगर्नेको ठेक्का तोड्दै विभाग

सडक विभागले पटक-पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ। निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो।

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

कोभिड महामारीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव क्रमशः कम हुँदै जाँदा यसले अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेकाले यो सम्भव हुने विश्व बैंकको प्रक्षेपण छ ।

प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज

प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्।

चालू पूँजी मार्गदर्शन-२०७९ प्रति महासंघले भन्यो-‘उद्यम व्यवसायको वातावरण बिग्रना सक्छ’

एक विज्ञप्ति निकाल्दै महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मार्गदर्शनमाथि गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनु पर्ने माग गरेको छ ।

‘बजेट लेख्न थाल्यौं, अत्यावश्यक नपरी मन्त्रालय नआइदिनुस’- अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआउन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।

मूल्य घटाउँदा पनि बिकेन् खाद्यले ल्याएको च्याङ्ग्रा

आर्थिक मन्दीले खसीबोका तथा च्याङग्रा बिक्री नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य घटाएको छ। मूल्य घटाउँदा पनि च्याङ्ग्रा बिक्री नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई समस्या भएको छ ।

बालुवाटारमा डोजरसहित निर्माण व्यवसायीको प्रदर्शन, सबै ठेक्काको एकमुष्ट म्याद थप्न माग

उनीहरूले मंगलबार बालुवाटारस्थित सडकमा डोजर तेर्साएर प्रदर्शन गरेका हुन्। जसका कारण केही समय बालुवाटार क्षेत्रमा सवारी आवागमन नै प्रभावित भएको थियो।

चेम्बर र उद्योग वाणिज्य महासंघले आर्थिक मुद्दामा सहकार्य गर्ने, अख्तियार ऐन...

महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितको कार्यसमितिलाई चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको चेम्बरले एक विज्ञप्तिमार्फत बताएको छ ।

१ लाख ८४ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप, दोस्रो चरणको प्राथमिकतामा...

जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका हुन् ।

सुझावसहित पूँजीबजार फोरमले भेट्यो अर्थमन्त्री, लगानीकर्ताको मनोबल उकास्ने आश्वासन

नेपाल उद्योग वाणिज्य महासंघ, पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले परामर्श गरेका हुन्।