पेट्रोलियम पदार्थको भाउ घट्यो

शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४० र बिक्रीदर ११९ रुपैयाँ निर्धारण गरेको छ ।

कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर

खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन।

काबेली बी १ बाट ८ महिनापछि पुनः विद्युत् उत्पादन सुरू

काबेली बी–१ जलविद्युत आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । अरुण काबेली पावरले सञ्चालन गरिरहेको २५ मेगावाटको उक्त आयोजनाबाट ८ महिनापछि आजदेखि फेरि बिजुली उत्पादन सुरु भएको हो ।

विवादमा रुमलिएको फास्ट ट्रयाकको स्थलगत निरीक्षणमा पुगे योजना आयोगका उपाध्यक्ष

चार वर्षमा सकिने भनिएको सो राष्ट्रिय महत्वको सडकको निर्माण सम्पन्न मिति आगामी जेठमै आउँदै छ । तर हालसम्मको प्रगति हेर्दा सो परियोजनाका लागि अर्को चार वर्ष चाहिने विज्ञहरु बताउँछन् ।

आर्थिक एवं मौद्रिक नीति किसानमुखी नभएकाे सांसदहरूकाे गुनासाे

काठमाडाैं, १४ साउन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।...

उपत्यकामा खानेपानी वितरणको तालिका हेरफेर (तालिकासहित)

अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन रोकिएको हो ।

‘प्रतिस्थापन बजेटले निजी क्षेत्रको ढाड सेक्ने काम गर्‍यो, सरकारले हेर्ने दृष्टिकोण...

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताएका छन् । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको संरक्षण र विकासमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

सरकारको ऋण २३ खर्ब पुग्यो, ४ महिनामै थपियो ५८ अर्ब

कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ रहेको छ।

मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै, दुर्घटना नहोस् भनेर विशेष सतर्कता

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज परीक्षण गरिँदै छ। साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।