बैंक/ बिमा

पशुपति विकास कोषलाई फोहोर उठाउन प्रभु बैंकले दियो हाइड्रोलिक गाडी

यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ।

मौद्रिक नीति: निक्षेप संकलनको बोलकबोल र नीतिगत दर घट्यो, बैंकदर यथावत

नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ०.५ प्रतिशत घटेको जानकारी दिएको हो । गत वर्ष सात प्रतिशत कायम गरिएको नीतिगत दर यो वर्ष ६.५ प्रतिशत कायम गरिएको छ ।

भूकम्प पीडितका लागि नबिल बैंकको एक करोड सहयोग

जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्लाअधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन्।

चार विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ५ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलोे त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ४...

शोधनान्तर स्थिति २ खर्ब ७३ अर्बले बचतमा

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ ।

‘अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्’ – सीइओ ढुंगाना

अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए।

राष्ट्र बैंकले भन्यो- ‘बैंकिङ क्षेत्रमा कुनै समस्या छैन, हल्लाको पछि नलागी ढुक्क भएर कारोबार...

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति-समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

नबिल बैंकले ५ अर्बको ‘अग्राधिकार शेयर’ जारी गर्ने, डिवेञ्चरको पनि प्रस्ताव

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स चौथो साधारण सभा सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ ।

वाणिज्य बैंकहरुको निक्षेपमा सुधार, कर्जा प्रवाह घट्यो

फागुन पहिलो सातामा निक्षेप १ अर्ब मात्रै बढेको छ भने फागुनको पहिलो सातामा बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ । निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म बैंकको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो ।